कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

व्यावसायिक वातावरण नेपालको सुधार, ११० औं स्थानबाट ९४ मा उक्लियो

एकैपटक १६ स्थान उक्लिएको यो पहिलोपटक । नेपालजस्तै प्रकृतिका भारत, बंगलादेश, पाकिस्तान, म्यानमारहरु लगायत देशहरु सुधार गर्ने २० मुलुकमा पर्दा नेपाल नपर्नु समिक्षाको विषय : स्वर्णिम वाग्ले
कृष्ण आचार्य

काठमाडौँ — व्यावसायिक वातावरणको सूचकांक (डुईङ बिजनेस इन्डेक्स) मा नेपाल एकैपटक १६ स्थानले माथि उक्लिएको छ । १९० मुलुकहरुमा नेपालको स्थान ९४ मा परेको छ ।

व्यावसायिक वातावरण नेपालको सुधार, ११० औं स्थानबाट ९४ मा उक्लियो

गत वर्ष ११० औं स्थानमा रहेको नेपाल यस पटक १६ स्थानमा उक्लिएको छ । विश्व बैंकले व्यवसायसँग सम्बन्धित विभिन्न १० विषयहरुको अध्ययन गरी व्यावसायिक वातावरणहरुबारे अध्ययन गरी हरेक वर्ष देशहरुको सूचकांक सार्वजनिक गर्ने गरेको छ । उसको प्रतिवेदन अनुसार नेपालले यस वर्ष ६३.२ अंक प्राप्त गरेको छ ।


गत वर्ष ५९.६ अंक प्राप्त गरेको छ । तर दुई महिनाअघि विश्व बैंकले सार्वजनिक गरेको अर्को एक प्रतिवेदन अनुसार व्यावसायिक वातावरणमा सुधार गर्ने २० मुलुकहरुको सूचीमा नेपाल छैन । १६ स्थानले माथि उक्लिए पनि नेपालमा अझै व्यवसाय गर्ने झन्झट भने कायमै रहिरहेको प्रतिवेदनले औंल्याएको छ । एकैपटक १६ औ स्थाने अगाडि आउनु नेपालको लागि पहिलो पटक रहेको योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले बताए ।


‘तर यो प्रगति निरपेक्ष हैन । सांपेक्ष रुपमा हेर्नु पर्छ,’ उनले भने, ‘अरु मुलुकहरुको प्रगति खस्किँदा समेत हाम्रो सुधार देखिन्छ ।’ तर पाँच क्षेत्रमा सुधार, तीन वटामा गिरावट र दुई वटामा स्थिर रहेको उनले बताए । ‘अघिल्ले वर्ष १०५ औं स्थानबाट ११० मा पुग्दा सरकारले विश्व बैंकको समूह नै बोलाएर कहाँ कहाँ के के गर्‍यो भने सुधार हुन्छ भनेर मेहेनत भने गरेको थियो,’ उनले भने । तर नेपालजस्तै प्रकृतिका भारत, बंगलादेश, पाकिस्तान, म्यानमार लगायत देशहरु सुधार गर्ने २० मुलुकमा पर्दा नेपाल नपर्नु समीक्षाको विषय रहेको उनले बताए । ‘वरीयतामा माथि गए पनि हामी यी मुलुकहरु जतिले प्रगति गर्न नसकेको हामी गम्भीर हुनुपर्छ,’ उनले भने ।


प्रकाशित : कार्तिक ७, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?