१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

१६ करोडको सेयर कारोबार

कान्तिपुर संवाददाता

काठमाडौँ — सेयर बजारमा मंगलबार नेप्से परिसूचक बढे पनि कारोबार रकममा झिनो सुधार भएको छ । दिनभरको कारोबारमा १६ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको भयो । सोमबार ११ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

उक्त दिन करिब साढे ३ हजार कारोबारबाट १ सय ५५ कम्पनीका ६ लाख ४५ हजार कित्ता सेयर किनबेच भए । ती किनबेचबाट करिब साढे १६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । नेप्से परिसूचक सकारात्मक भए पनि कारोबार रकमले अपेक्षित रूपमा बढ्न नसक्दा लगानीकर्ता निरुत्साहित बनेका छन् । सेयर बजारका लागि यो अफ सिजन भए पनि कारोबार रकम निकै कम भएको ब्रोकरहरू बताउँछन् । ‘परिसूचकलाई कारोबार रकमले सपोर्ट गर्‍यो भने मात्र बजारमा बलियो हुने हो,’ एक ब्रोकरले भने, ‘अहिले प्राय: परिसूचक पनि घटेको छ भने कारोबार रकम निराशाजनक छ ।’ अहिले सूचीकृत कम्पनीहरूले धमाधम लाभांश घोषणा गरिरहेका छन् ।


धेरैको लाभांश सन्तोषजनक छ । यस्तो अवस्थामा पनि बजार उत्साह नदेखिनु राम्रो संकेत नभएको जानकारहरू बताउँछन् । त्यसो त अहिलेको समय ठूला चाडबाडको भएकाले पनि कारोबार रकम बढ्न नसकेका रूपमा विश्लेषण गर्नेको जमात पनि ठूलै छ ।


मंगलबार नेप्से २.४० अंक बढेर १ हजार १ सय ३४.७९ विन्दुमा पुगेको छ । सो दिन १ हजार १ सय ३२.४५ विन्दुबाट सुरु भएको नेप्से दोस्रो घण्टामा १ हजार १ सय ३० सम्म पुगेको थियो ।

प्रकाशित : कार्तिक ६, २०७६ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?