२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

६५ लाखको फूलको कारोबार

कान्तिपुर संवाददाता

काठमाडौँ — फ्लोरिकल्चर एसोसिएसन नेपालले आयोजना गरेको ‘१३ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०७६’ ले चार दिनमा ६५ लाख रुपैयाँको कारोबार गरेको छ । 

६५ लाखको फूलको कारोबार

एसोसिएसनले ५० लाख रुपैयाँको कारोबार हुने अनुमान गरेको थियो । ललितपुर, जावलाखेलको खेल मैदानमा कात्तिक १ गतेदेखि ४ गतेसम्म चलेको मेलाको अन्तिम दिन १५ लाख रुपैयाँको कारोबार भएको एसोसिएसनका उपाध्यक्ष शिवबहादुर खड्काले जानकारी दिए ।


‘मेलाले गरेको व्यावसायिक कारोबारदेखि लिएर आयोजक खुसी छौं,’ उनले भने, ‘३५ हजारले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा थियो, ४१ हजारले अवलोकन गरेका छन् ।’ मेलामा भएको फूल प्रदर्शनी भएको कारोबार तथा अवलोकनकर्ताहरूको भीडले पुष्प व्यवसायीलाई हौसला मिलेको उनले बताए ।


उत्कृष्ट नर्सरीलाई कात्तिक १ गते नै विजेताहरूलाई पुरस्कृत गरिएको थियो । मेलामा गोदावरी फूलको विविध प्रजातिहरूमध्ये यस प्रदर्शनी मुख्यतः स्पाइडर, मिनियचर, इन्क्रभ, रिफ्लेक्स र कट फ्लावरका विधालाई प्रतिस्पर्धामा समावेश गरिएको थियो । गोदावरीको प्रतियोगितात्मक प्रदर्शनीमा सम्झना नर्सरी पहिलो, टीपीआर मितेरी नर्सरी दोस्रो र बंगलामुखी नर्सरी तेस्रो भएका थिए ।

प्रकाशित : कार्तिक ५, २०७६ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?