१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

कर्मचारी–प्राधिकरण कार्यसम्पादन सम्झौता

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले चुहावट नियन्त्रण र सेवा सुधारका लागि प्रदेश १ का २४ वटा वितरण केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग प्रदेश कार्यालयका प्रमुख श्रीरामराज पाण्डेले शुक्रबार कार्यसम्पादन सम्झौता गरे । 

कर्मचारी–प्राधिकरण कार्यसम्पादन सम्झौता

वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेसँग प्रदेश १ कार्यालयअन्तर्गतका वितरण केन्द्र प्रमुखहरूले सम्झौता गरेका हुन् । सबै प्रादेशिक तथा दुई प्रदेश डिभिजन कार्यालय र अन्तर्गतका प्रत्येक वितरण केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्ने प्राधिकरणले जनाएको छ । कार्यसम्पादनमा विद्युत् चुहावट नियन्त्रणलाई प्रमुख प्राथमिकता दिइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले चालु आर्थिक वर्षमा वितरणतर्फको विद्युत् चुहावट ८.५० प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । प्राधिकरणले गत आर्थिक वर्ष २०७५/७६ मा वितरणतर्फको ११.२८ प्रतिशतको चुहावटलाई २.७८ प्रतिशत विन्दुले घटाएर ८.५० प्रतिशतमा झार्ने लक्ष्य तय गरेको हो ।


प्रकाशित : कार्तिक ३, २०७६ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?