२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

व्यापार विस्तारबारे कोलम्बोमा छलफल

कान्तिपुर संवाददाता

विराटनगर — श्रीलंकाको कोलम्बोमा भएको सार्क चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रिजको ७८ औँ कार्य समितिको बैठकमा नेपाली उद्योगी–व्यवसायीले सहभागिता जनाएका छन् । शुक्रबार सुरु बैठकका क्रममा व्यापार विस्तारबारे छलफल गरिएको छ ।

व्यापार विस्तारबारे कोलम्बोमा छलफल

यसै अवसरमा क्षेत्रीय व्यापार सम्मेलन र महिला सम्मेलन समेत आयोजना भइरहेको बैठकका सहभागी उद्योग वाणिज्य महासंघको प्रदेश १ समिति उपाध्यक्ष राजेन्द्र राउतले बताए । दुई दिवसीय बैठकमा सार्क चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रिजका उपाध्यक्ष तथा महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल, अर्थशास्त्री डा. विश्वम्भर प्याकुरेललगायतको प्रस्तुति रहने जनाइएको छ ।


सार्कलाई अझ बढी प्रभावकारी बनाउँदै यस क्षेत्रका सम्भावनाहरुलाई व्यापारिक हबका रुपमा कसरी अघि बढाउने र अन्र्तराषि्ट्रय बजारमा प्रतिस्पर्धी भई व्यवसाय प्रवर्द्धन गर्न सकिन्छ भन्ने छलफल भएको राउतले बताए । सार्क राष्ट्रहरुबाट नेपालमा लगानी भित्राउने र नेपालबाट सार्क राष्ट्रमा लगानी गर्ने विषयमा समेत छलफल भइरहेको उनले बताए ।


नेपाली टोलीमा महासंघका उपाध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका सदस्य उमेशलाल श्रेष्ठ, महासंघ सदस्य अविनाश बोहरा, महासंघ सदस्य एवं सार्क सदस्य जय शिवाकोटी, सार्क सदस्य राजेन्द्रमान शेरचन, देश बन्धु बस्नेत, विजय मल्ल, सार्क महिला उद्यमी परिषदका उपाध्यक्ष सरोजनी शेरचन लगायत सहभागी छन् ।


श्रीलंकाको कोलम्बोमा जारी सम्मेलनमा सहभागी नेपाली टोली । तस्बिर सौजन्य ः उद्योग वाणिज्य महासंघ प्रदेश १ समिति

प्रकाशित : कार्तिक १, २०७६ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?