३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कात्तिकमा पोषण अन्तर्राष्ट्रिय सम्मेलन

कान्तिपुर संवाददाता

काठमाडौँ — ‘मानव र पृथ्वीलाई सँगै पोषित गर्दै’ भन्ने नाराका साथ पोषण विस्तार अभियान (स्केलिङ अप न्युट्रिसन–सन मुभमेन्ट) को अन्तर्राष्ट्रिय सम्मेलन कात्तिक १८ गतेदेखि २१ गतेसम्म काठमाडौंको होटल याक एन्ड यतीमा हुने भएको छ ।

नेपाल सरकार र सन मुभमेन्टको संयुक्त आयोजनामा हुन लागेको यस सम्मेलनमा केही देशका राष्ट्र वा सरकार प्रमुखसहित ८० भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी हुनेछन् । सन मुभमेन्टका सदस्य राष्ट्रमै आयोजना हुने यो दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।


सन मुभमेन्टको सुरुवाती चरणको सदस्यकै रूपमा सन् २०११ मा सहभागी भएपछि नेपालले कुपोषण घटाउने कार्यमा उल्लेख्य प्रगति हासिल गरेको छ । नेपाल सरकारको नेतृत्वमा हुने यो अन्तर्राष्ट्रिय सम्मेलनमा संसारभरका १ हजारभन्दा बढी सहभागीले न्यूनपोषण र मोटोपनसहित कुपोषण अन्त्य गर्न विश्वभरि प्रभावकारी भइरहेका प्रयासबारे छलफल गर्नेछन् ।


यो सम्मेलनले मानव र पृथ्वीलाई नै सुपोसित गर्ने रूपान्तरणकारी सरकारी प्रतिबद्धताहरूलाई सन् २०२० डिसेम्बरमा हुने ‘वृद्धिका लागि पोषण टोकियो शिखर सम्मेलन’ लाई समेत दृष्टिगत गरी छलफल गर्ने अवसर उपलब्ध गराउने मंगलबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।


प्रकाशित : आश्विन ३०, २०७६ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?