१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

एनआरएनए चुनाव : ककसले दिए उम्मेदवारी ? (सूचीसहित)

४१ पदको लागि ७७ जनाको मनोनयन दर्ता
विमल खतिवडा

काठमाडौँ — गैर आवासीय नेपाली संघ (एनआरएनए) को ९ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन अन्तर्गत बुधवार ७७ जनाले मनोनयन दर्ता गराएका छन् । १ जना अध्यक्षका लागि २ जनाले मनोनयन दर्ता गराएका छन् । 

एनआरएनए चुनाव : ककसले दिए उम्मेदवारी ? (सूचीसहित)

निर्वाचन कमिटीका सदस्य कुलप्रसाद पाण्डेका अनुसार अध्यक्षमा कुमार पन्त र कुल आचार्यले मनोनयन दर्ता गराएका हुन् । त्यस्तै ४ उपाध्यक्षकालागि ९ जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन कमिटीका सदस्य पाण्डेका अनुसार मनोनयन दर्ता सकिएर उम्मेदवारलाई नाम फिर्ताकालागि चार बजेसम्मको समय दिइएको थियो ।

उम्मेदवारको टुंगो लागिसकेपछि बढीमा साँझ ६ बजे भित्रमा मतदान सुरु हुने निर्वाचन कमिटीले जानकारी दिएको छ । अध्यक्षमा सहमतिको प्रयास गरिएपनि सहमति हुन नसक्दा निर्वाचन हुने भएको छ ।

४१ जना पदाधिकारीका लागि ७७ जनाले मनोनयन दर्ता गराएका छन् ।


हेर्नुहोस् कुन पदमा कसले उम्मेदवारी दिए ?

प्रकाशित : आश्विन २९, २०७६ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?