कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

‘दलीय आधारमा चुनाव भए अलग्गिनेछु’

कान्तिपुर संवाददाता

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष एवं प्रमुख संरक्षक उपेन्द्र महतोले संस्थामा दलीय आधारमा नेतृत्व छान्न खोजिएमा आफू उक्त प्रक्रियाबाटै अलग हुने घोषणा गरेका छन् । 

‘दलीय आधारमा चुनाव भए अलग्गिनेछु’


‘एनआरएनए विशुद्ध गैरराजनीतिक संगठन हो । यसको चुनावलाई राजनीतिकरण गर्न खोजियो, राजनीतिक आधारमा प्यानल बनाइयो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ,’ महतोले कान्तिपुरसित भने, ‘एनआरएनएमा पार्टीको झन्डा बोकेर चुनाव लडियो भने म तत्काल यो प्रक्रियाबाट अलग हुनेछु ।’ आफू त्यस्तो दुर्घटना नहोस् भनेर सहमति खोज्न प्रयत्नरत रहेको पनि उनले जानकारी दिए । ‘हामीले एनआरएन अभियानलाई राजनीतिक दलको भ्रातृ संस्थाका रूपमा अगाडि बढायौं भने त्यो यो संस्थाको उद्देश्यविपरीत हुन जानेछ । त्यसमा मेरो गम्भीर असन्तुष्टि र असहमति छ ।’

प्रकाशित : आश्विन २९, २०७६ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?