अर्को साता फूल प्रदर्शनी

कान्तिपुर संवाददाता

काठमाडौँ — फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा ललितपुर, जावलाखेलको खेल मैदानमा कात्तिक १ गतेदेखि ४ गतेसम्म ‘१३ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी–२०७६’ हुने भएको छ । फूलको विकास एंव गुणस्तरीय उत्पादनमा सहयोग पुर्‍याउनका लागि यस किसिमका प्रदर्शनी कार्यक्रम आयोजना गरिएको मेलाको संयोजक तथा उपाध्यक्ष शिवबहादुर खड्काले जानकारी दिए । 

‘तिहारको अवसरमा घर, आँगन, बगैँचा सजाउन तथा स्वागत सत्कारमा विशेष प्रयोग गरिने गोदावरी फूलको प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्रदर्शनी आयोजना हुँदै छ,’ उनले पत्रकार सम्मेलनमा भने, ‘पुष्प व्यवसायीहरूले उत्पादन गरेका फूलको बजार विस्तार तथा प्रवर्द्धनमा मेलाको महत्त्वपूर्ण भूमिका रहनेछ ।’


प्रतियोगितामा गोदावरी फूलको विविध प्रजातिहरूमा मुख्य प्रदर्शनीमा स्पाइडर, मिनियर, इन्क्रर्भ तथा कट फ्लावर विधा समावेश गरिनेछ । प्रतिस्पर्धामा समावेश भएका नर्सरीहरूलाई पहिलो, दास्रो र तेस्रोलाई नगद पुरस्कारका साथै सिल्ड तथा प्रमाणपत्रले सम्मान गरिनेछ ।


प्रकाशित : आश्विन २९, २०७६ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?