१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

डडेलधुरा खाद्यवस्तुमा आत्मनिर्भर

डीआर पन्त

(डडेलधुरा) — भागेश्वरका शिक्षक भुवन भट्टले तराईबाट भित्रिएको खाद्यान्न खरिद नगरेको ५ वर्ष बढी भयो । धान, गहुँ, मकै मात्र होइन मास, मसुरो, सिमी र दाल पनि उनी आफ्नै गाउँ क्षेत्रमा भएको उत्पादन खरिद गर्छन् । आलु, टमाटर, प्याज लगायतका दैनिक भान्सामा पाक्ने तरकारी र बेसार खुर्सानी उनको गाउँबाट अन्य जिल्लामा पठाइन्छ ।


५/७ वर्ष अघिसम्म ६० प्रतिशतभन्दा बढी जनसंख्याले चामल, गहुँलगायत सबै खाद्यान्न जिल्ला बाहिरबाट भित्र्याउँथ्यो । कैलाली र कञ्चनपुरबाट आउने मोटो चामल, सस्तो मूल्यमा भारतबाट आयात गरेर चम्काइएको चामल र सीमावर्ती भारतका गाउँमा उत्पादन भएको आलु, टमाटर, प्याजदेखि खुर्सानीसम्म डडेलधुराका गाउँगाउँमा पुग्ने गर्थ्यो ।

‘गन्यापधुराको सकायलका फाँटमा फलेको होस् या भागेश्वरका धनाड फाँट राडिल भराडमा उब्जनी भएको धान होस् सहज रूपमा खरिद गर्न पाइन्छ,’ कृषि प्राविधिक राम ठकुराठी भन्छन्, ‘भित्री मधेसमा उत्पादन हुने अन्न पनि बजारमा आउन थालेपछि धेरैले तराईबाट भित्रिने खाद्यान्न खरिद गर्न छोडेका छन् ।’ तरकारी, दालजन्य वस्तु र गेडागुडी ठूलो मात्रामा उत्पादन भई जिल्लाबाहिर जान थालेको छ । उनले भने, ‘जिल्लाभित्र उत्पादन हुने खाद्यवस्तुले राम्रो बजार पाउन थालेपछि उत्पादनमा पनि हरेक वर्ष वृद्धि हुन थालेको छ ।’


सरकारी तथ्यांकले पनि डडेलधुरा अधिकांश खाद्यवस्तुमा आत्मनिर्भर बन्दै गएको पुष्टि गर्छ । क्षेत्रीय कृषि निर्देशनालयका वरिष्ठ कृषि प्राविधिक टेकबहादुर बिष्ट सुदूर पहाडका

जिल्लामध्ये डडेलधुरा खाद्यान्नमा आत्मनिर्भर जिल्ला भएको बताउँछन् । डडेलधुरा सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामध्ये खाद्यान्नमा आत्मनिर्भर हुने पहिलो भएको बिष्टले बताए ।

प्रकाशित : आश्विन २८, २०७६ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?