१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

अरुण तेस्रोको काम २५ प्रतिशत

कान्तिपुर संवाददाता

संखुवासभा — अरुण तेस्रो जलविद्युत् आयोजनाको काम २५ प्रतिशत सम्पन्न भएको छ । ९ सय मेगावाटको उक्त आयोजनाको काम निर्धारित समयमै सम्पन्न गर्न तीव्रता दिएको ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले बताए ।

अरुण तेस्रोको काम २५ प्रतिशत

स्थलगत अनुगमनका लागि आएका घिमिरेले निर्धारित समयमा अरुणबाट बिजुली निस्कनेमा आशावादी भएको बताए । ड्यामसाइड स्थल फयाक्सिदामा सहायक सुरुङमार्गको काम सम्पन्न गरी मुख्य सुरुङको ७ सय ९० मिटर पुर्‍याइएको छ ।


११ किलोमिटर रहेको सुरुङ मार्ग आठ स्थानबाट खन्ने काम धमाधम चलिरहेको छ । मकालु गाउँपालिका–५ मा रहेको ड्याम साइड फयाक्सिदामा भारतीय निर्माण कम्पनी जय प्रकाश एसोसियटस र पावर हाउस रहेको दिदिङमा पटेल इन्जिनियरिङ कम्पनीले काम गरिरहेको छ । अरुण तेस्रो आयोजनाले कामलाई गति दिन ३३ केभी प्रसारण लाइनको विद्युत् विस्तार तीव्र बनाएको छ ।

प्रकाशित : आश्विन १८, २०७६ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?