३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

खसी बजारमा अनुगमन

प्रशान्त माली

काठमाडौँ — दसैं नजिकँदै गर्दा खसीको मासुको मूल्य अस्वाभाविक रुपमा बढ्न थालेपछि काठमाडौं महानगरपालिका र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले संयुक्त रुपमा कंलकीस्थित खसी बजार अनुगमन गरेका छन् ।

खसी बजारमा अनुगमन

टोलीले शनिबार बिहान गरेको अनुगमनमा व्यापारीहरुले खरीद बिक्री बिल जारी नगरेको, हचुवाका भरमा बिक्री गरिरहेको भेटिएको छ ।


बिल जारी नगरी होलसेल पसल सञ्चालकले जिउँदो खसीको प्रति किलो ५ सय ८० देखि ६ सय ८० रुपैयाँ सम्ममा लिएर बिक्री गरिरहेको पाइएको हो ।


खसी बजारमा ४३ व्यवसायी छन् । यहाँबाट उपत्यकाको मागको ४० प्रतिशत मासु आपूर्ति हुँदै आएको छ ।

प्रकाशित : आश्विन ११, २०७६ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?