माइक्रोवेभमा तानिए उपभोक्ता

नुमा थाम्सुहाङ

काठमाडौँ — दसैं आउन केही दिन मात्र बाँकी छ । सर्वसाधारण घरेलु प्रयोजनका सामान किन्न छुट पर्खेर बसेका छन् । बजारमा सवारीसाधन र टीभीलगायत सामानमा छुट छ नै, भान्सामा प्रयोग हुने माइक्रोवेभमा समेत त्यो सुविधा पाएपछि उपभोक्ता पसलहरूमा धाउन थालेका छन् । उत्पादक कम्पनीहरूले दसैंलाई नयाँ सामान सार्वजनिक गर्ने र भारी छुट दिई ग्राहक बढाउने अवसरका रूपमा प्रयोग गरिरहेका छन् ।

माइक्रोवेभमा तानिए उपभोक्ता

नयाँ प्रविधि तथा आधुनिक जीवनशैलीसँगै बजारमा माइक्रोवेभको माग बढ्दो छ । घरेलु प्रयोगका लागि मात्र नभई रेस्टुरेन्टहरूमा यसको प्रयोग बढ्दो छ । सोलो र ग्रिल माइक्रोवेभभन्दा कन्भेक्सन माइक्रोवेभले ग्राहकको ध्यान तान्न सफल छ । सोलो खाना तताउन र ग्रिल सेकुवा बनाउन प्रयोगमा आउँछ । कन्भेक्सन माइक्रोवेभमा भने खाना पकाउन, तताउन र मासु सेकुवा गर्न मिल्ने भएकाले अन्यभन्दा यसमा ग्राहकको ध्यान बढी तानिएको सोरुम डिलरका प्रतिनिधिको भनाइ छ ।


कीर्तिपुरका सुमन महर्जनले घरेलु प्रयोजनका लागि २५ लिटरको कन्भेक्सन माइक्रोवेभ किन्न ह्विलपुलको सोरुम पुगे । आफ्नो साथीले कुन माइक्रोवेभ लिन राम्रो हुन्छ भनी सल्लाह माग्दा उनले उक्त माइक्रोलिभ लिन सुझाएपछि खरिद गर्न आएको बताए । ‘यो माइक्रोवेभ अरूभन्दा राम्रो लाग्यो,’ उनले भने, ‘सोलो र ग्रिल माइक्रोवेभको सबै फिचर्स यसमा छ ।’ दसैंको छुटको फाइदा लिई कन्भेक्सन माइक्रोवेभ लिएको उनको भनाइ छ ।


ह्विलपुलले पनि आफ्नो उत्पादन माइक्रोवेभमा दसैं छुट ल्याएको छ । ह्विलपुलको आधिकारिक विक्रेता नेपा हिमा ट्रेड लिंकका सोरुम इन्चार्ज अनिष महर्जनले पनि ह्विलपुलको माइक्रोवेभमा १५ प्रतिशत छुट र एक वर्षको वारेन्टी रहेको बताए । ‘२५ र ३० लिटरको कन्भेक्सन माइक्रोवेभ सबैको रोजाइमा आउँछ । २५ लिटरको ग्रिल र २० लिटरको सोलो माइक्रोवेभ ग्राहकको रुचिमा पर्छ,’ उनले भने, ‘यसको लुक्स राम्रो छ ।’


आफ्नो आवश्यकताअनुसार ग्राहकले खरिद गर्छन् । दसैंमा अफर भएपछि यही समयमा किन्ने बढी हुन्छन् । अरू बेला अफर राखे दसैंको समयमा जस्तो ग्राहक आकर्षित हुँदैनन् ।’ एलजीको आधिकारिक विक्रेता सीजी इलेक्ट्रोनिक्स, एलजी लाइफ स्टाइल सोफीकी सोरुम इन्चार्ज रिना झाले एलजीको माइक्रोवेभ खरिदमा उपहारका साथै १५ प्रतिशत छुट रहेको बताइन् ।


‘एलजीको नयाँ मोडल ३९ लिटरको कन्भेक्सन माइक्रोवेभले ग्राहकको ध्यान तान्न सफल छ,’ उनी भन्छिन्, ‘२५/२८ लिटरको ग्रिल माइक्रोवेभ र २० लिटरको सोलो माइक्रोवेभले बजार लिइरहेका छन् ।’ बेकरी परिकार, भारी प्रयोगका लागि क्याफेहरूमा कन्भेक्सन माइक्रोवेभको बढी माग छ । यसबाट केकदेखि चिया, कफी सबै बन्नेलगायत विशेषता छन् । घरेलु प्रयोजनका लागि उपभोक्ताहरूले यो नै मन पराउने गरेको उनले बताइन् । सामसङको आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्स प्रालिकी सोरुम इन्चार्ज दिवा डंगोलले पनि कन्भेक्सन माइक्रोवेभमा ग्राहकको आकर्षण बढेको बताइन् । ‘हामीले सोरुमबाट नै दसैंको अवसरमा १५ प्रतिशत छुट दिएका छौं,’ उनले भनिन् ।


प्रकाशित : आश्विन ११, २०७६ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?