‘मेड इन नेपाल एक्स्पो’ सुरु 

कान्तिपुर संवाददाता

काठमाडौँ — युवा उद्यमी मञ्चले आयोजना गरेको ‘मेड इन नेपाल एक्स्पो–२०७६’ आजदेखि सुरु भएको छ । नेपाली उद्योगले उत्पादन गरेका वस्तुको प्रदर्शनी तथा विक्री मेला ललितपुरको हेरिटेज गार्डेनमा २ दिनसम्म चल्नेछ । 

‘मेड इन नेपाल एक्स्पो’ सुरु 

एक्स्पोको उद्घाटन उद्योग मन्त्री मात्रिका प्रसाद यादवले गरेका थिए । मेला एकआपसमा अनुभव साटासाट र एकअर्कालाई उत्साहित गर्ने अवसर रहेको मन्त्री यादवले बताए ।


‘नेपाली युवा उद्यमीहरूले गरेको यो प्रयास राम्रो हो, उद्यमीमा नयाँपन पाए,’ उनले उद्घाटन समारोहमा मन्तव्य राख्दै भने, ‘यसले नेपालमा पनि उत्पादन भईरहेको छ, उद्योग स्थापना भईरहेका छन् भन्ने प्रस्ट हुन्छ ।’


नेपाली युवा उद्यमीले आफैं केही गरीरहेको समयमा सरकार प्रोत्साहनको रुपमा आएको उनको भनाई छ । ‘सरकारले भनेको सहजीकरणको काम मात्र गर्ने हो । यसमा उद्यमी आफैं अगाडी बड्नुपर्छ,’ उनले थपे ।


मेला आयोजकका अध्यक्ष निकोलस पाण्डेले मेलामा ठूला निर्माण उद्योगदेखि लिएर साना उद्योगलाई समावेश गरेको बताए । साना उद्योगको उत्पादनलाई प्रवर्द्धन गर्न मेलाले सहयोग गरेको उनको भनाई छ ।


गायक सविन राई र कालिप्रसाद बास्कोटाको सांगितिक प्रस्तुति, नेवारी बाजागाजाको प्रस्तुति, फुड स्टल र बालबालिकालाई रमाइलोको लागि विभिन्न खेलहरू लगायतका मेलामा ७० वटा स्टल रहेका छन् ।



प्रकाशित : आश्विन १०, २०७६ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?