कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

नयाँ नोट लिन बिहानैदेखि राष्ट्र बैंक अगाडि लाइन

तस्बिर : कविन अधिकारी

काठमाडौँ — दसैं र तिहारलाई लक्ष्य गरी राष्ट्र बैंकले शुक्रबारदेखि सर्वसाधारणलाई नयाँ नोट वितरण (सटही) गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट वितरण गरिसकेको छ । राष्ट्र बैंकले गत वर्ष करिब १३ अर्ब रुपैयाँको नयाँ तथा सुकिला नोट वितरण गरेको थियो । यो वर्ष पनि सोही हाराहारीमा नोट बाँड्ने तयारी रहेको राष्ट्र बैंकले जनाएको छ ।

नयाँ नोट लिन बिहानैदेखि राष्ट्र बैंक अगाडि लाइन
नयाँ नोट लिन बिहानैदेखि राष्ट्र बैंक अगाडि लाइन

बैंक तथा वित्तीय संस्था र अन्य संघ/संस्थालाई पहिलो साता (५/६ गते) देखि नै नोट वितरण गरिसकेको छ । ती संस्थाले पहिल्यै नयाँ नोट पाइए पनि सर्वसाधारणले दोस्रो सातादेखि नोट सटही सुविधा पाउने छन् ।

नयाँ नोट लिन बिहानैदेखि राष्ट्र बैंक अगाडि लाइन

भवन निर्माणको काम भइरहेकाले यसपालि थापाथलीस्थित राष्ट्र बैंकको कार्यालयबाट नोट सटही सुविधा दिइने छैन । यो वर्ष राष्ट्र बैंकले गत वर्षभन्दा कमका दरले नयाँ नोट सटही सुविधा दिनेछ । यो वर्ष प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नयाँ नोट वितरण गरिनेछ। सर्वसाधारणले ५, १०, २०, ५० र १०० दरका एक/एक बन्डल (बिटा) नयाँ नोट सटही गर्न पाउने राष्ट्र बैंकले जनाएको छ ।

नयाँ नोट लिन बिहानैदेखि राष्ट्र बैंक अगाडि लाइन

राष्ट्र बैंकले गत वर्ष प्रतिव्यक्ति २७ हजार रुपैयाँका दरले नयाँ नोट वितरण गरेको थियो । गत वर्ष सर्वसाधारणले ५, १०, २० र ५० दरका दुई बन्डल (बिटा) र एक सयको एक बिटा गरी प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नोट सटही सुविधा पाएका थिए । अनावश्यक रूपमा नयाँ नोट नलिन र लिएका नोटहरू पनि हिफाजत गर्न राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह गरेको छ ।

नयाँ नोट लिन बिहानैदेखि राष्ट्र बैंक अगाडि लाइन

सरकारले गरेको पछिल्लो व्यवस्थाअनुसार नेपाली मुद्रा (कागजी नोट) वा सिक्का जलाउन, केरमेट गर्न, गाल्न, च्यात्न पाइँदैन । यसो गरेको भेटिएमा प्रहरीले सिधै प्रक्राउ गरी तीन महिनासम्म जेल हाल्न र पाँच हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ । प्रमाणसहित उजुरीका आधारमा पनि प्रहरीले कारबाही गर्ने छुट कानुनले दिएको छ । यसरी तोकिएको आफूलाई पाएक पर्ने स्थानमा गएर नयाँ नोट सटही गर्न राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह गरेको छ ।

नयाँ नोट लिन बिहानैदेखि राष्ट्र बैंक अगाडि लाइन

नयाँ नोट लिन बिहानैदेखि राष्ट्र बैंक अगाडि लाइन

नयाँ नोट लिन बिहानैदेखि राष्ट्र बैंक अगाडि लाइन

नयाँ नोट लिन बिहानैदेखि राष्ट्र बैंक अगाडि लाइन


प्रकाशित : आश्विन १०, २०७६ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?