कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

महिला उद्यमीको नयाँ नेतृत्व 

काठमाडौँ — सार्क चेम्बर महिला उद्यमी परिषद् (एससीडब्लूईसी) ले मंगलबार नयाँ कार्य समिति चयन गरेको छ । राजधानीमा आयोजित कार्यक्रममा सरोजनी शेरचनको नेतृत्वमा १० सदस्यीय कार्य समिति गठन भएको हो । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासघंकी अध्यक्ष भवानी राणाले दक्षिण एसियाका महिला उद्यमीले संयुक्त रूपमा प्राकृतिक फाइबरजस्ता स्रोतहरूको प्रयोग गरी विभिन्न वस्तुको उत्पादन गरी त्यसलाई आन्तरिक क्षेत्रमा बजारीकरण गर्नुपर्ने कुरामा जोड दिएकी थिइन् ।


नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत कार्य गरिरहेको एससीडब्लुईसीले नेपालमा महिला उद्यमीहरूको सीप र दक्षतालाई अभिवृद्धि गरी राष्ट्रको सामाजिक, आर्थिक क्रियाकलापमा योगदान गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित : आश्विन ८, २०७६ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?