कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

टीभीमा अफरको अवसर

बजारमा एचडी टीभीको माग बढी भएकाले छुटका योजना पनि त्यसैमा केन्द्रित 
नुमा थाम्सुहाङ

काठमाडौँ — दसैं–तिहारको मुखमा उपभोक्ताको खल्तीमा अरू बेलामा भन्दा धेरै पैसा हुन्छ । यसैकारण व्यापारीहरू आकर्षक योजना ल्याएर उपभोक्ताको खल्तीमा भएको पैसा आफ्नोमा तान्ने प्रयास गर्छन् । त्यसका लागि आर्कषक छुट ‘अफर’ घोषणाको होडबाजी नै लाग्ने गरेको छ । चाडबाडमा टीभीको कारोबार बढी हुन्छ । कम्पनीहरूले यसपालि पनि छुटका विभिन्न योजनासहित नयाँ–नयाँ ब्रान्ड बजारमा ल्याएका छन् । 

टीभीमा अफरको अवसर

बजारमा एचडी टीभीको माग बढी भएकाले छुटका योजना पनि त्यसैमा केन्द्रित भएको व्यापारी बताउँछन् ।


नारायणथानकी नन्दा कुमारी गुरुङले माइतीघर लमजुङ पठाउनका लागि टीभी किन्न कान्तिपथको एलजी लाइफ स्टाइल सोफी पुगिन् । घरमा नानीहरूले नेट चल्ने टीभी मागेपछि उनले एलजीको ४३ इन्चको अल्ट्रा एचडी टीभी किनिन् । ‘दसैंमा टीभी किन्दा छुट पाइन्छ, आफ्नो बजेटभित्र पनि पर्‍यो,’ उनले भनिन्, ‘बच्चाहरूले नेट चल्ने टीभी नै पठाइदिनु भने त्यसैले त्यही किनेर पठाउन लागेको हो ।’ चलाउन सजिलो र पिक्चर क्वालिटी पनि राम्रो भएकाले आफ्नो रोजाइमा परेको उनले बताइन् ।


एलजीको नेपालको लागि आधिकारिक विक्रेता सीजी इलेक्ट्रोनिक्स, एलजी लाइफ स्टाइल सोफीकी सोरुम इन्चार्ज रिना झाले दसैं तथा तिहारमा एलजीका टीभी खरिद गर्ने ग्राहकलाई २० प्रतिशतसम्म छुट रहेको बताइन् । ‘एलजीको ५५ र ६५ इन्चको ओलेड टीभी दसैंमा बढी गएको छ । यो एलजीको नयाँ मोडल पनि हो । ओलेड टीभीस्मार्ट एलईडी टीभीभन्दा ४ गुणाले राम्रो पिक्चर क्वालिटी, हाई रेजुलेसन, सिनेमा स्क्रिनको डिजाइन तथा हाई फ्रेम रेट यसको विशेषता हो,’ उनी भन्छिन्, ‘एलजीकै ४३, ४९, ५५, ६५ इन्चको अल्ट्रा एचडी टीभीले पनि ग्राहकको ध्यान तानेको छ । थिंक एआई, म्याजिक रिमोट, क्लाउड फोटोज र भिडियोजस्ता विशेषता यसमा छन् ।’ एलजीको टीभी खरिदमा ग्राहकले ६ महिनासम्मका लागि निःशुल्क प्रभुको नेट (नेट टीभी) र सबै एलईडी टीभीमा २ वर्षको वारेन्टी दिएको उनले बताइन् ।


फिलिप्सले पनि आफ्ना ग्राहकका लागि दसैंमा छुट ल्याएको छ । फिलिप्सको आधिकारिक विक्रेता स्याकर कम्पनी प्रालीकी सोरुम इन्चार्ज संगीता महर्जनले चाडपर्वको टीभीमा २५ प्रतिशतसम्म छुट रहेको बताइन् । ‘३२ इन्चको एचडी टीभी र ६५ इन्चको फूल एचडी टीभी दसैंमा बढी बिक्री भइरहेको छ,’ उनले भनिन्, ‘फिलिप्सको ३२ इन्चको एचडी टीभीमा वन एचडी इनपुट, डिजिटल क्रिस्टल क्लियर र परफेक्ट मोसन रेट र ६५ इन्चको फूल एचडी टीभीमा डबल कोरजस्ता विशेषता छ ।’


सामसङको आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्स प्रालिकी सोरुम इन्चार्ज दिवा डंगोलले सामसङको टीभीमा ४० प्रतिशतसम्म छुट भएको बताइन् । ‘सामसङको ३२ इन्चदेखि ७५ इन्चसम्मको टीभीमा छुट छ । स्मार्ट र एचडी टीभी दसैंमा बढी गइरहेको छ,’ उनले भनिन्, ‘त्यस्तै ७५ इन्चको प्रिमियम अल्ट्रा एचडी टीभीमा स्मार्ट र फुल एचडी टीभीभन्दा उच्च रिजोलुसन र पिक्चर क्वालिटी यसमा छ । यसमा ग्राहकले दसैं छुटको फाइदा लिइरहेका छन् ।’


महाबौद्ध, आर वन इलेक्ट्रोनिक्सका रमेशकुमार श्रेष्ठले यसुडामा ३३ प्रतिशत र हिमस्टारको टीभीमा १० प्रतिशत छुटका साथै अरू उपहार रहेको बताए । यसुडामा २४ इन्चको नर्मल टीभीदेखि लिएर ३२ इन्चको एलईडी र ४३ इन्चको फुल एचडी टीभी ग्राहकले लैजाने गरेको उनले जानकारी दिए । हिमस्टारमा ३२ इन्चको स्मार्ट टीभी र ४० इन्चको अल्ट्रा एचडी टीभी दसैंको आकर्षण भएको उनले बताए ।


सोनीको आधिकापरक विक्रेता नेपा हिमा ट्रेड लिंकका सोरुम इन्चार्ज रमेश लामाले दसैंमा छुटको योजना बाहिर ल्याउन केही दिन लाग्ने बताए । सोनीको ३२ देखि ६५ इन्चका टीभी अहिले बिक्री भइरहेको जानकारी दिए । ४९ र ५५ इन्चको टीभी बजारमा नयाँ आएको बताए । एन्ड्रोइड टीभी, अल्ट्रा एचडी, कलर भ्यारिएसन र मोसन फ्लो यसको विशेषता भएको उनले बताए । ‘सोनीको ३२ इन्चमा स्मार्ट र नर्मल टीभी छ । यसमा स्मार्ट टीभी बढी जान्छ,’ उनले भने, ‘४३ इन्चको फूल एचडी स्मार्ट टीभी पनि बिक्री भइरहेको छ । एक्स रियालीटी प्रो, २०० हर्जको मोसन फ्लो, डस्टिङ, लाइटिङ र हुमिडीटी प्रोटेक्सनजस्ता विशेषता यसमा छ ।’


प्रकाशित : आश्विन ७, २०७६ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?