रोजाइमा जलविद्युत् र बिमा

काठमाडौँ — यो साता पनि कारोबारका आधारमा जलविद्युत् र बिमा कम्पनी नै अघि देखिएका छन् । पाँच दिनको कारोबारमा सबैभन्दा रसुवागढी हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै ३ हजार ७ सय ९१ पटक सेयर कारोबार भएको छ । सोही अवधिमा सान्जेन जलविद्युत् कम्पनीको ३ हजार ३ सय ९३ पटक कारोबार भएको नेप्सेको तथ्यांक छ । यसको अर्थ ती कम्पनीको कारोबार धेरैपटक भयो भन्ने हो । 

रोजाइमा जलविद्युत् र बिमा

करिब डेढ/दुई महिनाअघिसम्म धेरै कारोबार हुने कम्पनीको पहिलो र दोस्रो स्थानमा वाणिज्य बैंक रहँदै आएका थिए । पछिल्ला सातामा परिस्थिति बदलिएको छ । वाणिज्य बैंकहरू कम सक्रिय बन्दै गएका छन् भने जलविद्युत्, बिमा र लघुवित्त कम्पनीको धेरै कारोबार हुँदै आएको छ ।


धेरै कारोबार हुने कम्पनीको तेस्रो स्थानमा शिवम् सिमेन्ट छ । साप्ताहिक व्यापारमा यो कम्पनीको १ हजार ६ सय १६ वटा कारोबार भएको छ । धेरै कारोबार हुने चौथो कम्पनीमा सिद्धार्थ बैंक परेको छ । सातभर यो कम्पनीको १ हजार ६ सय ६३ पटक सेयर कारोबार भएको छ । त्यसपछिको पाँचौं स्थानमा फेरि ९ सय ३७ वटा कारोबारसहित नेपाल लाइफ इन्स्योरेन्स परेको छ ।


यसैगरी साताका सक्रिय सूचीकृत कम्पनीमध्ये प्रमुख २० मा १३ वटा वाणिज्य बैंक परेका छन् । सामान्यतया साताभरको कारोबारका आधारमा धेरैपटक कारोबार हुने कम्पनी बढी सक्रिय र कम कारोबार हुने कम सक्रिय भनेर विश्लेषण गरिन्छ ।


गत साता कुल १ अर्ब ८९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । कारोबार रकम गत साताको तुलनामा करिब २१ प्रतिशतले बढी हो । गत साता १ अर्ब ५६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । कुल कारोबारमध्ये बैंकिङ समूहको हिस्सा करिब ८७ प्रतिशत सेयर कारोबार बैंकिङ समूहको भएको छ । उक्त अवधिमा बैंकिङ समूहअन्तर्गतका कम्पनीको ८८ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । गत साता कुल कारोबारमा बैंकिङ समूहको हिस्सा करिब ४४ प्रतिशत थियो ।


सोही अवधिमा लघुवित्त समूहको साप्ताहिक कारोबार हिस्सा करिब साढे ९ प्रतिशत छ । गत साता यस्तो हिस्सा १४ प्रतिशत थियो । यो साता कुल कारोबारमा बिमा समूहको कारोबार हिस्सा करिब १३ प्रतिशत छ । गत साता यस्तो हिस्सा १० प्रतिशत थियो ।


साप्ताहिक सेयर कारोबारमा तीन दिन नेप्से घट्यो भने २ दिन बढ्यो । तीन दिनमा नेप्से करिब ५२ अंकले घट्यो, बाँकी २ दिनमा ४९.५९ अंकले बढ्यो । समग्रमा नेप्से साप्ताहिक रूपमा नेप्से करिब ३ अंकले घटेको देखिन्छ । साताको पहिलो दिन आइतबारको तुलनामा नेप्से १५.२८ अंकले बढेको देखिन्छ । आइतबार १ हजार १ सय ४०.०१ अंकमा रहेको नेप्से बिहीबार १ हजार १ सय ५५.३० विन्दुमा पुगेको नेप्सेले जनाएको छ ।

प्रकाशित : आश्विन ५, २०७६ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?