२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

कर्मचारीलाई अनिवार्य स्वदेशी कपडा

काठमाडौँ — अर्थमन्त्री युवराज खतिवडाले सेना, प्रहरी, शिक्षक, अस्पतालसहित सबै सरकारी कर्मचारीलाई स्वदेशी कपडा प्रयोग गराउने तयारी भएको बताएका छन् । उनले सार्वजनिक खरिद ऐन संशोधन गरेर भए पनि सरकारले यसको व्यवस्था मिलाउने जानकारी दिए ।

कर्मचारीलाई अनिवार्य स्वदेशी कपडा

बिहीबार भृकुटीमण्डपमा ‘र्‍यान एन्ड टेक्सटाइल एक्स्पो’को उद्घाटन गर्दै खतिवडाले निर्यात बढाउनका लागि पनि घरेलु कपडा उद्योग उपयुक्त क्षेत्र भएको बताए । उनले उद्योगमा लगानी गर्नेलाई सरकार जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए । ‘व्यापार गर्ने अनि छुट देऊ भन्नेतिर नलाग्नुस्,’ उनले भने, ‘लगानी गर्नुस् ।’


उनले गुणस्तरमा सम्झौता नगर्न उद्योगीहरूलाई आग्रह गरे । ‘तपाईंको उत्पादन राज्यले नै खपत गर्ने अवस्था मिलाउँछौं,’ उनले भने ।

प्रकाशित : आश्विन ३, २०७६ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?