कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

‘भन्सार एजेन्टबाट सुशासनमा समस्या’

काठमाडौँ — भन्सार एजेन्टबाट सुशासनमा समस्या आएको आफूले महसुल गरेको भन्दै अर्थमन्त्री युवराज खतिवडाले यसलाई मेट्न भन्सार विभागलाई निर्देशन दिएका छन् । विभागको त्रिपुरेश्वरस्थित नवनिर्मित भवन उद्घाटन गर्दै खतिवडाले विकास निर्माणसँग सम्बन्धित सामग्रीलाई भन्सारमा बिनाकारण नरोक्न पनि निर्देशन दिए ।

‘एजेन्टबाट भन्सारको सुशासनमा समस्या आएको मलाई गन्ध आएको छ,’ उनले भने, ‘यसलाई मेट्नुपर्‍यो ।’ विकास निर्माणसँग सम्बन्धित सामान एक दिन पनि ढिला भयो भने मुलुकलाई नोक्सान हुने अर्थमन्त्री खतिवडाले बताए । ‘कारणबिना भन्सारमा ढिलाइ भयो भने तपाईंहरू जिम्मेवार हुनुहुन्छ,’ उनले भने ।


भन्सारबाट सामान छुटाउन समस्या भए मन्त्रालयले समाधान गरिदिने भन्दै अर्थमन्त्री खतिवडाले बिनाकारण सामान नरोक्न निर्देशन दिएका हुन् ।


‘तपाईंहरूले ढिला गर्नुभयो भने हामीकहाँ गुनासो आइसकेको हुन्छ,’ उनले भने, ‘यस्ता कुरा सुन्न नपरोस् ।’ उनले भन्सार विभागको काम राजस्व उठाउने मात्रै नभई विकासका लागि आवश्यक सामान ल्याउने द्वारपाले भएको संज्ञा दिए । ‘द्वारपालेले ढोका खोलेन भने जति हतार गरे पनि काम छैन,’ उनले भने ।


उनले खुला व्यापारका कारण नेपालजस्ता मुलुकको व्यापार घाटा बढेको टिप्पणी गरे । ‘व्यापार भएन भने मुलुकको आर्थिक वृद्धि हुँदैन भनेर खुला व्यापार भन्यौं तर जसले गर्न सक्छ उनीहरूले मात्र लाभ पाए,’ अर्थमन्त्रीको भनाइ थियो, ‘हामीजस्ता मुलुकले पाएनौं ।’ व्यापार उदारीकरणले निर्यातलाई टेवा नदिएको उनले बताए । उनले नेपालमा आयात भएका सबै वस्तु विलासी मात्रै नभई आर्थिक वृद्धिका लागि आवश्यक चिज पनि भएको बताए ।


भूकम्पमा भत्किएको विभागको भवन भ्याटबाहेक १३ करोड ९६ लाख ३९ हजार खर्च गरी निर्माण गरिएको हो ।


प्रकाशित : आश्विन ३, २०७६ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?