कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रतितोला ६०० रुपैयाँले घट्यो सुनको मूल्य

रासस

काठमाडौँ — भदौ अन्तिम सातादेखि लगातार ओरालो लाग्न थालेको सुनको मूल्यमा बिहीबार पनि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको छ । त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेको छ । 

प्रतितोला ६०० रुपैयाँले घट्यो सुनको मूल्य

स्थानीय बजारमा छापावाला सुनको मूल्य ७० हजार ७ सय रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ । बुधबार छापावाला सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।


तेजाबी सुनको मूल्य ७० हजार ४ सय रुपैयाँ कायम गरिएको छ । बुधबार तेजाबी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य पनि घटेर प्रतितोला ८५५ रुपैयाँ पुगेको छ ।


साउनको पहिलो सातादेखि उकालो लाग्न थालेको सुन भदौ अन्तिम सातासम्म पनि घट्न सकेको थिएन । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको महासंघले जनाएको छ ।


बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔस एक हजार ४९६.५ अमेरिकी डलरमा झरेको छ । यसअघि विश्वबजारमा सुनको मूल्य प्रतिऔस एक हजार ५४० अमेरिकी डलरसम्म पुगेको थियो ।

प्रकाशित : आश्विन २, २०७६ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?