कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेप्से २२ अंकले बढ्यो

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार करिब साढे २२ अंकले बढ्यो । मंगलबार करिब २७ अंकले बढेको नेप्सेले बुधबार पनि सोही प्रवृत्ति पछ्याएको हो । बुधबारको कारोबारपछि नेप्से १ हजार १ सय ७३.४२ विन्दुमा उक्लिएको छ ।

नेप्से २२ अंकले बढ्यो

सो दिन १ हजार १ सय ५०.६६ विन्दुबाट कारोबार सुरु भएको थियो । पहिलो ३० मिनेटमा नेप्से बढेर १ हजार १ सय ७२.५९ विन्दुसम्म पुगेको थियो । त्यो वृद्धि धेरै समय टिकेन । फेरि बजार ओरालो लाग्यो । त्यसपछि नेप्से बजार लागेको बजार तेस्रो घण्टासम्म १ हजार १ सय ५४ हाराहारीमा पुग्यो । यसपछि नेप्से केही स्थिर जस्तै भयो । अन्तिम समयमा पुनः उकालो लाग्यो । यो वृद्धिले नेप्सेलाई करिब साढे २२ अंक माथि पुर्‍यायो ।


सो दिन कारोबारमा आएकामध्ये व्यापारबाहेक सबै समूहको परिसूचक बढेपछि समग्र नेप्सेमा टेवा पुगेको हो । जसमध्ये होटल, निर्जीवन बिमा र जीवन बिमा समूहका परिसूचक ३ प्रतिशतभन्दा धेरैले बढे । उत्पादन तथा प्रशोधन, लघुवित्त, बैंकिङ, जलविद्युत् र ‘अन्य’ समूहका परिसूचक १ प्रतिशतभन्दा थोरै बढीले उकालो लागे । बाँकी समूहको परिसूचक एक प्रतिशतभन्दा थारैले बढे ।


बुधबार करिब ८ हजार कारोबारबाट १ सय ७१ कम्पनीका १६ लाख ४५ हजार ८ सय ७७ कित्ता सेयर किनबेच भए । ती किनबेचबाट ४७ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । अघिल्लो दिन मंगलबार केही बढी हो ।


परिसूचक बढेसँगै कुल बजार पुँजीकरण पनि विस्तार भएर १४ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ ।

प्रकाशित : आश्विन १, २०७६ २१:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?