२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

राहुल 'प्रभावशाली होटल व्यवसायी’ 

नयाँदिल्ली — सीजी होटल्स एन्ड रिसोर्टका कार्यकारी निर्देशक राहुल चौधरी भारतको होटल व्यवसायसम्बन्धी प्रतिष्ठित म्यागजिन ‘होटलिअर’को सन् २०१९ को प्रभावशाली ३५ व्यवसायीहरूको सूचीमा पर्न सफल भएका छन् । उनी लगातार दोस्रो वर्ष यो सूचीमा अटाएका हुन् । 

राहुल 'प्रभावशाली होटल व्यवसायी’ 

आईटीपी (इन्डिया) द्वारा प्रकाशित म्यागजिनले प्रत्येक वर्ष भारतको हस्पिटालिटी क्षेत्रका सबैभन्दा प्रभावशाली ३५ व्यवसायीको सूची निकाल्दै आएको छ । त्यो सूचीमा होटल तथा रिसोर्ट सञ्चालन गर्ने व्यवसायीहरूलाई समेट्ने गरिएको छ । त्यही सूचीमा चौधरीलाई पनि समेटिएको हो । राहुलले भारतमा रहेर अन्तर्राष्ट्रिय कम्पनी ‘सीजी कर्प ग्लोबल’ र ‘सीजी होटल्स एन्ड रिसोर्ट’ को कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका छन् ।


उनको कम्पनी ‘सीजी होटल्स एन्ड रिसोर्ट’ ले भारतलगायतका विभिन्न २० मुलुकमा होटल र रिसोर्ट सञ्चालन गर्दै आएको छ । जसमा करिब ६ हजारभन्दा बढी कोठा रहेको बताइएको छ । साथै भारतको चर्चित अन्तर्राष्ट्रिय होटल समूह ताजसँगै फर्न र जिंक जस अन्तर्रार्ष्ट्रिय चेन होटलसँग पनि साझेदारी गर्दै आएको छ ।


चौधरी समूहले करिब दुई दशकअघि श्रीलंका र माल्दिभ्समा भारतको चर्चित होटल समूह ताज/आईएससीएलसँगको साझेदारी होटल तथा रिसोर्ट व्यवसायमा औपचारिक रूपमा प्रवेश गरेको हो । श्रीलंकाको राजधानी कोलम्बोस्थित चर्चित होटल ताज समुद्र त्यही साझेदारीअन्तर्गत पर्छ ।


भारतमा ३५ जना प्रभावशाली होटल व्यवसायीमा दरिन सफल राहुल नेपालका चर्चित उद्योगपति विनोद चौधरीका माइला छोरा हुन् । विगत केही वर्षयता चौधरी समूहकै नेपाली तयारी खाजा ब्रान्ड वाइवाई भारतलगायत आधा दर्जन मुलुकमा समेत लोकप्रिय बन्दै गएको छ ।


प्रकाशित : आश्विन १, २०७६ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?