कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

गिरिराज कुखुराको अनुसन्धान परीक्षण

तेह्रथुम — मासु र अण्डाका लागि उपयुक्त मानिएको गिरिराज कुखुराको अनुसन्धान सफल भएको छ । धनकुटाको पाख्रीबासस्थित नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको अनुसन्धान केन्द्रले यो प्रजातिको कुखुराको सफल अनुसन्धान परीक्षण गरेको हो । 

शारीरिक वृद्धिदर छिटो, वार्षिक अण्डा उत्पादन दर उच्च, रोग प्रतिरोधी क्षमता, र खाँदा स्वादिलो हुने लगायतका विशेषता रहेको यो प्रजातिको कुखुरा केन्द्रले सन् १९९१ मा पहिलोपटक भारतबाट ल्याएर परीक्षण गरेको थियो । निरन्तरको परीक्षणपछि चिसो हावापानी रहेको पहाडी क्षेत्रमा कुखुरापालन प्रविधि सफल भएको केन्द्रका पशु पोषण तथा आहारा प्राविधिक अधिकृत सुमन कार्कीले बताए ।


केन्द्रको सफल व्यावसायिक परीक्षणपछि पूर्वका प्रायजसो जिल्लाका किसानसम्म चल्ला पुर्‍याउने प्रयास भइरहेको केन्द्रले जनाएको छ ।


झट्ट हेर्दा रैथाने जातको कुखुराजस्तै देखिने यो जातको कुखुरामा प्रतिकूल मौसममा पनि आफूलाई बचाइराख्न सक्ने क्षमता हुन्छ । रानीखेतबाहेक अन्य प्रमुख संक्रामक रोग प्रतिरोधी क्षमता यो जातको कुखुरामा बढी हुने कार्कीको भनाइ छ ।

प्रकाशित : भाद्र २९, २०७६ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?