कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

लाइन विस्तारमा ढिलाइ

रूपा गहतराज

नेपालगन्ज — पछिल्लो ६ वर्षदेखि चर्चामा रहेको रुपैडिहा–कोहलपुर रेल लाइन विस्तारले गति लिन सकेको छैन । योजनाबारे धेरै चर्चा भए पनि फिल्डमा काम नभएको हो । 

लाइन विस्तारमा ढिलाइ

तत्कालीन राष्ट्रपति रामवरण यादवको भारत भ्रमणका क्रममा ‘क्रस बोर्डर’ का लागि सम्झौता भएको थियो । भारतीय पूर्वोत्तर विभागले आरके टेक्नो प्रालिलाई रुपैडिहा–कोहलपुरको जिम्मा दिएको थियो । उक्त कम्पनीले ०७४ चैतमा लाइन सर्भे गरेको थियो । भारतको गोरखपुर र गोन्डाका प्राविधिक टोलीले सर्भे गरेका थिए ।


भारत उत्तरप्रदेशका इन्जिनियर दिनेशकुमार तिवारी र सन्तोष त्रिपाठीले एक महिना लगाएर सर्भे गरेको प्रतिवेदन जिल्ला प्रशासन कार्यालय बाँकेमा सुरक्षित छ ।


भारतको रुपैडिहास्थित स्टेसनदेखि कोहलपुरसम्मको १८ किलोमिटर दूरीमा भारतले रेल सञ्चालन गर्नेछ । कम्पनीले नक्सांकनको जिम्मेवारी मात्र पाएको थियो । त्यसयता थप काम भने भएको छैन । ‘भारतीय पक्षले एक वर्षअघि नै लोकेसन सर्भे गरिसकेको थियो,’ नेपाली रेल विभागका प्रवक्तासमेत रहेका इन्जिनियर अमन चित्रकारले भने, ‘त्यसपछि थप काम अघि बढेको छैन ।’


इन्जिनियर चित्रकार नेपाल–इन्डो रेलका लागि फोकल पर्सनसमेत हुन् । रेल लाइनका लागि पटक–पटक सर्भे आवश्यक हुने भए पनि त्यसको प्रक्रिया अघि बढिनसकेको उनले बताए । ‘रेल सञ्चालनका लागि पटकपटक सर्भे, डीपीआर, जग्गा अधिग्रहणलगायतका धेरै काम हुनुपर्छ,’ उनले भने, ‘रुपैडिहा–कोहलपुर रेलका लागि ती कुनै पनि काम भएका छैनन् ।’


नेपालगन्जको पश्चिम क्षेत्र जयसपुर, इन्द्रपुर, गुरुवा, हवलदारपुर, रझेना हुँदै कोहलपुरसम्म रेल मार्ग निर्माण गर्ने योजना छ ।

प्रकाशित : भाद्र २७, २०७६ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?