१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

फर्निचर एक्स्पो सुरु 

काठमाडौँ — फर्निचर तथा फर्निसिङ एक्स्पो–२०१९ सुरु भएको छ । उपराष्ट्रपति नन्दकिशोर पुनले बुधबार एक्स्पोको उद्‌घाटन गरे । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा भृकुटी मण्डपमा सुरु भएको एक्स्पो आइतबारसम्म चल्नेछ । 

फर्निचर एक्स्पो सुरु 

मेलामा स्वदेशी तथा विदेशी गरी १ सय २० भन्दा बढी प्रदर्शकहरूको सहभागिता रहको छ । किचन, बेडरुमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री, होम तथा अफिस डेकोरसनका फर्निचर मेसिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन एक्स्पोको मुख्य आकर्षण रहेको छ ।


स्वदेशी तथा विदेशी फर्निचर क्षेत्रको बजारको स्थिति बुझ्न सर्वसाधरणलाई एकै स्थानमा सबै सेवाको जानकारी मेलामा उपलब्ध हुने नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष रूपेश श्रेष्ठले बताए ।


मुलुकमा वार्षिक १८ अर्बदेखि २० अर्ब रूपैयाँको काठ आयात हुने गरेपनि नेपाली काठको हस्तकलाको सामग्री बाहेक अन्य निर्यात न्यून रहेको बताउँदै अध्यक्ष श्रेष्ठले यस विषयमा सरकारले विचार गर्नुपर्ने बताए ।

प्रकाशित : भाद्र २५, २०७६ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?