२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

भारतमा नेपाली एटीएम चलेन ? राष्ट्र बैंकलाई फोन गर्नुहोस्

यज्ञ बञ्जाडे

काठमाडौँ — एउटा बैंकको एटीएम अर्को बैंकमा नचलेको कारणले भारतमा अप्ठ्यारोमा परेका नेपालीलाई राष्ट्र बैंकले सुविधा दिने भएको छ । यसकालगि अप्ठेरोमा परेका व्यक्ति वा उनीहरुको घरपरिवारले राष्ट्र बैंकमा टेलिफोन मार्फत जानकारी गराउनु पर्ने छ । ग्राहकले ९८५१२१०९१९ मा टेलिफोन गरेर आफ्ना समस्या अवगत गराउन सक्नेछन् । सोही आग्रहका आधारमा राष्ट्र बैंकले सम्बन्धति बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएर २४ घन्टा भित्र सेवा भारतको एटीएमबाट पैसा निकाल्न पाउने सेवा उपलब्ध गराउनेछ । 

भारतमा नेपाली एटीएम चलेन ? राष्ट्र बैंकलाई फोन गर्नुहोस्

नेपालबाट भारतमा घुम्न, उपचार गर्न तथा अध्ययन गर्न गएका नेपाली नागरिकले उक्त सुविधा पाउने छन् ।


पैसा झिक्न नपाएकै कारणले अप्ठ्यारोमा रहेका नागरिकालाई सुविधा दिने उद्देश्यले यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए । ‘भारतबाट सम्बन्धीत व्यक्तिले वा उनीहरुका नातेदार वा घरपरिवारले सही कारण सहित आग्रह आएमा बैंकलाई आग्रह गरेर सेवा उपलब्ध गराउन निर्देशन दिन्छौ,’ उनले भने ।


एक साताअघि नक्कली एटीएम कार्डमार्फत पैसा चोरी भएपछि करिब डेढ दर्जन बैंक तथा तथा वित्तीय संस्थाका एटीएम अर्को बैंकको एटीएममा (क्रस एटीएम) मा चलेका छैनन । यही कारण नेपाली बैंक तथा वित्तीय संस्थाको कार्ड लिइर भारत गएका नागरिकले त्यहाँको एटीएमबाट पैसा निकाल्न पाएका छैनन । ‘यो सिुविधा भारतमा उपचार, अध्ययन, भम्रण सामाजिक कमाममा गएकाहरुका लागि मात्र हो,’ उनले भने, ‘कामको खोजीमा गएका कामदारका लागि होइन ।’


गत शनिबार एटीएमबाट रकम चोरिदा नेपाली बैंकको कार्डमार्फत भारतबाट पनि करिब १ करोड ५ लाख भारु झिकिएको छ । त्यो रकम खोजिबारे नेपालबाट केही पहल भएको छैन । त्यसपछि नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिष्टम (नेप्स) मा आवद्ध रहेका बैंक तथा वित्तीय संस्थाका एटीएम अर्को बैंकमा चलेका छैनन् ।

प्रकाशित : भाद्र २५, २०७६ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?