हङकङमा सुनको मूल्य घट्यो

सिन्ह्वा

हङकङ — हङकङमा सुनको मूल्य घटेको छ । सोमबार सुन प्रति टायल एक हजार ७९९ अमेरिकी डलर (१४,१०० हङकङ डलर) मा किनबेच भएको छ ।

चिनियाँ सुन तथा चाँदी व्यवसायी संघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्यमा करिब १० हङकङ डलरले कमी आएको छ ।

हङकङमा सोमबार १ अमेरिकी डलर ७.८४ हङकङ डलरमा कारोबार भएको थियो ।

प्रकाशित : भाद्र २३, २०७६ १६:३२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

कारबम विस्फोटमा कम्तीमा १२ को मृत्यु

सिन्ह्वा

काबुल — अफगानिस्तानको राजधानी काबुलको शास दराक क्षेत्रमा बिहीबार भएको एक कारबम विस्फोटका परी १२ भन्दा बढी व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । स्थानीय समयानुसार बिहीबार बिहान १०:१० बजे सो दुर्घटना भएको जनाइएको छ  । यस दुर्घटनामा परी अन्य कैयौ व्यक्ति घाइते भएका छन् ।   


उक्त विस्फोट प्रहरी चौकी नजिकै भएको थियो। विस्फोट भएको सो स्थानमा राष्ट्रिय सुरक्षा निर्देशनालयको कार्यालय अमेरिकी दूतावास र नेटोको नेतृत्वमा रहेका सेनाहरु रहेका थिए।

अफगानिस्तानमा सरकारसँग द्वन्द्व जारी राखेका तालिबान लडाकू समूह र वासिंगटनबीच शान्ति सम्झौता अन्तिम चरणमा पुग्न लागेको अवस्थामा अफगानिस्तानको राजधानीमा पुनःभीषण विस्फोट घटनाहरु भइरहेको छ।

काबुलको आवासीय क्षेत्रमा गत सोमबार भएको यस विस्फोटमा परी कम्तीमा १६ सर्वसाधारण मारिएका छन्। यस विस्फोटमा परी अन्य ११७ व्यक्ति घाइते भएका थिए।

सोमबार बम विस्फोट भएको यस समयमा अमेरिकी विशेष दूत जाल्मे खलीलजाद अफगानिस्तानको राजधानी काबुलमा प्रस्तावित सम्झौताको बारेमा छलफल गर्न आएका थिए।

बिहीबार भएको कारबम विस्फोट केही दिनयता तालिबान लडाकूले गरेको यो चौथो ठूलो आक्रमण हो। सप्ताहन्तमा अफगानिस्तानको उत्तर भागमा पर्ने दुई प्रमुख शहरमा भएका भीषण आक्रमणमा दर्जनौं सुरक्षाबल र नागरिकलाई मारिनुको साथै घाइते भएका छन्।

यो पनि पढ्नुहोस्:

प्रकाशित : भाद्र १९, २०७६ १८:५९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×