२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

नक्कली भिसा कार्डबाट रकम निकालेको भेटिए पछि अधिकांश बैंकका एटीएम बन्द

यज्ञ बञ्जाडे

काठमाडौँ — नक्कली भिसा कार्डबाट रकम निकालिएको भेटिए पछि अधिकांश बै‌क तथा वित्तिय संस्थाका विद्युतीय भुक्तानी कार्ड (एटीएम) बन्द गरिएका छन् । 

नक्कली भिसा कार्डबाट रकम निकालेको भेटिए पछि अधिकांश बैंकका एटीएम बन्द

शनिबार नक्कली भिसा कार्डबाट रकम झिक्ने ५ चिनियाँ नागरिक पक्राउ परेपछि एटीएम कार्ड बन्द गरिएको हो ।


११ वटा वाणिज्य बैंक आवद्ध एटीएम सर्भर प्रोभाइडर संस्था नेप्सले आफू आवद्ध बैंकका एटीएम बन्द गराएको हो । नेप्स आवद्ध बैंकका एटीएम आज नेपाल र अन्य मुलुकमा पनि नचल्ने भएका छन् ।

शनिबार दरबारमार्गस्थित नबिल बैंकको एटीएमबाट रकम निकाल्दै गर्दा पाँच जना चिनियाँ नागरिक पक्राउ परेका हुन् । उक्त समूहले बिभिन्न बैकका एटीएमबाट १ करोड २६ लाख निकालिसकेका छन् । प्रहरीले उनीहरुको साथबाट ९ हजार अमेरिकन डलर बरामद गरेको छ ।

प्रकाशित : भाद्र १५, २०७६ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?