कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रदर्शनीमा मोटर ग्रेडर र लोडर

काठमाडौँ — नेपालको औद्योगिक तथा व्यावसायीक घरानामाझ लोकप्रिय एमभी दुगड ग्रुपले शनिबार जी ९० मोडलको ९१ एचपीको नयाँ मोटर ग्रेडर रिपर एट्याचमेन्ट र लोडर प्रदर्शन गरेको छ । नेपाली बजारमा पहिलोपटक यी दुई ग्रेडर र लोडर बिक्री वितरणमा ल्याइएको हो ।

प्रदर्शनीमा मोटर ग्रेडर र लोडर

‘देशमा निर्माण भइरहेका मध्ये लगभग ८६ प्रतिशत सडक सिंगल तथा डबल लेनमा रहेको अवस्थामा विकल्पको अभावले बाध्यताबस १२ फिटका ब्लेड रहेको ग्रेडर चलाउनुपरिरहेको छ,’ दुगड ग्रुपले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्तोमा थोरै लगानी र कम सञ्चालन खर्च रहने जी ९० मोटर ग्रेडर समयसापेक्ष सरल र सस्तो छ ।’


तराईका फाँट, खोलानाला तथा पहाडका उकालीओराली सडकहरूमा पनि सजिलोसँग प्रयोग गर्न सकिने यस मोटर ग्रेडरमा अत्याधुनिक प्रविधि उच्च फिनिसिङ क्षमता रहेको जनाइएको छ ।

कम लागत उच्चतम प्रयोग, सस्तो सञ्चालन खर्च, सरल तथा अत्याधुनिक प्रविधि, उच्चतम माइलेज तथा बेजोड कार्यक्षमता यसका विशेषता रहेको कम्पनीको दाबी छ ।


प्रकाशित : भाद्र १५, २०७६ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?