कुन कारको मूल्य कति?

काठमाडौँ — तपाईं कार किन्ने मनस्थितिमा हुनुन्छ ? कुन कार किन्ने ? कस्तो खालको किन्ने ? कति मूल्यको किन्ने ? यी सबै जानकारी पाउन पनि कति ठाउँमा धाउने ? ‘कार किन्दै हुनुहुन्छ भने पहिले आवश्यकता र बजेट यकिन गर्न सल्लाह दिन्छन्,’ नाडा अटो सो–२०१९ का कार्यक्रम संयोजक निराकार श्रेष्ठ बताउँछन् ।

कुन कारको मूल्य कति?

ग्राहकले आफ्नो बजेटअनुसार कार छान्न सक्छन् नेपालमा । उनका अनुसार नेपाल १६ लाखदेखि करिब ४ करोड रुपैयाँसम्म पर्ने कारहरू उपलब्ध छन् । त्यसमा अहिले करिब ४० देखि ६० लाख रुपैयाँसम्म पर्ने मिडल रेन्जका कार मन पराउने बढी छन् ।’ उनका अनुसार इन्ट्री लेभल ए सेगमेन्ट, बी,सी, डी र एसयूभी सेगमेन्टमा वर्गीकरण गरिएको छ । उनी भन्छन्, ‘कारको मूल्य र यसको विशेषताका आधारमा हामीले ५ क्याटेगोरीमा छुट्ट्याएका हौं ।’ जसमा इन्ट्री लेभल र बी सेगमेन्टका सवारी साधन रुचाइएको छ । उनका अनुसार १५ लाखदेखि करिब ४ करोड रुपैयाँसम्म पर्ने कार नेपालमा छन् ।


उनले उपभोक्तालाई सजिलो होस् भनेर नाडा (अटोमोबाइल्स एसोसिएसन अफ नेपाल) ले हरेक तीन–तीन महिनामा मूल्यसूची निकाल्ने गरेको बताए । उनले भने, ‘संस्थाले मूल्यसूची निकाल्ने गर्छ । यसबीचमा केही गाडी कम्पनीले मूल्य बढाएका हुन सक्छन् ।’ विभिन्न कम्पनीले विभिन्न छुट तथा सुविधासहित आफ्ना गाडीहरू बिक्री तथा बुकिङ गरिरहेका छन् । मेलामा सवारी हेर्ने, छान्ने र बुकिङ गर्ने काम त हुन्छ नै । सर्वप्रथम आफ्नो आवश्यकता र बजेटअनुसारको सवारी साधनबारे जानकारी पहिल्यै राखेर जाँदा राम्रो हुन्छ ।



प्रकाशित : भाद्र १४, २०७६ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?