कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

वायुसेवा सञ्चालक संघमा पुन: थापा

काठमाडौँ — आन्तरिक वायुसेवा कम्पनीहरूको साझ संस्था वायुसेवा सञ्चालक संघको अध्यक्षमा पुन: क्याप्टेन रामेश्वर थापा चुनिएका छन् । संघको १९ औं साधारणसभाले सिम्रिक एयरका अध्यक्ष थापालाई सातौं अध्यक्षका रूपमा चुनेको हो । 

थापाले यसअघि पाँचौं कार्यकालको पनि नेतृत्व गरेका थिए । शुक्रबार सम्पन्न साधारणसभाबाट प्रथम उपाध्यक्षमा यती एयरलाइन्सका अनोज रिमाल, द्वितीय उपाध्यक्षमा सौर्य एयरलाइन्सका गोपाल भट्टराई, महासचिवमा समिट एयरका मनोज कार्की, सचिवमा मनाङ एयरका राजु न्यौपाने र कोषाध्यक्षमा बुद्ध एयरका रूपेश जोशी चुनिएका छन् ।


सदस्यहरूमा हेली एभरेस्टका योगराज कँडेल, एयर डाइनेस्टीका बालकृष्ण पण्डित, कैलाश हेलिकप्टरका बरुण ज्ञवाली, अल्टिच्युट एयरका निमा नुरु शेर्पा, सिम्रिक एयरलाइन्सका प्रज्वल थापा, प्रभु एयरलाइन्सका सुभाष अमात्य र समिट हेलिकप्टर्सका क्याप्टेन दीपक राणा छन् । यस संघमा हेलिकप्टर र फिक्स्ड विङ गरी १६ वटा एयरलाइन्स आबद्ध छन् ।

प्रकाशित : भाद्र १४, २०७६ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?