सुनको मूल्यमा गिरावट

काठमाडौँ — पछिल्लो डेढ महिनादेखि निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्यमा शुक्रबार गिरावट देखिएको छ । 
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला एक हजार रुपैयाँले घटेको छ ।

सुनको मूल्यमा गिरावट

छापावाला सुनको मूल्य ७२ हजार ४ सय रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला ७३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला एक हजारले घटेको छ । तेजाबी सुनको मूल्य प्रतितोला ७२ हजार १ सय रुपैयाँ कायम भएको छ । बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला ७३ हजार १ सय रुपैयाँ रहेको थियो ।

चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ । स्थानीय बजारमा आज चाँदी प्रतितोला १० ले घटी ८ सय ८५ रुपैयाँ निर्धारण भएको छ । बिहीबार चाँदी प्रतितोला ८ सय ९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रकाशित : भाद्र १३, २०७६ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?