२ अर्बको लगानीमा अर्गानिक खेती

काठमाडौँ — गोल्यान एग्रो प्रालिले माटो ब्रान्डका अर्गानिक कृषि उपज बजारमा ल्याएको छ । प्रालिले किसानबाट सकलनगरी बजारीकरण गर्न उक्त ब्रान्डका कृषि उपज बजारमा ल्याएको हो ।

२ अर्बको लगानीमा अर्गानिक खेती

ग्रुपका अध्यक्ष पवन गोल्यानका अनुसार पहिलो चरणमा २ सय बिघामा व्यावसायिक फार्मको स्थापना गरिएको छ । जसमार्फत कृषक र उपभोक्ता दुवैलाई लाभ हुने उनले बताए ।

‘मुलुकभरबाट नै कृषिजन्य वस्तु संकलन गरी परीक्षण र ब्रान्डिङ गरेर बिक्री सुरु गरेका छौं,’ आइतबार आयोजित पत्रकार सम्मेलनमा गोल्यानले भने, ‘विषादीरहित कृषि उपजले उपभोक्तालाई धेरै फाइदा हुन्छ । किसानले पनि उचित मूल्य पाउँछन् ।’ किसानलाई सहयोग गर्न माटो परीक्षण, कम्पोस्ट मल, प्रविधि सहयोग गर्दै आएको उनले बताए । हाल ग्रुपले २ अर्ब रुपैयाँको लगानीमा फार्म सञ्चालन गर्दै आएको जनाएको छ । ‘अर्गानिक उत्पादनका लागि व्यावसायिक किसान पनि जोडिएका छन्,’ उनले भने, ‘किसानले उत्पादन गरेको तरकारी सबै खरिद गर्ने ग्यारेन्टी पनि दिएका छौं ।’

प्रालिका अनुसार २ हजार किसानबाट तरकारी संकलन गरिन्छ । दैनिक ५ देखि ६ सय टन तरकारी संकलन हुने जनाएको छ । अर्गानिक ग्यारेन्टी गर्न टेस्ट मेसिन पनि उपलब्ध गराइएको जनाएको छ ।

यस्तै सरकारी प्रयोगशालामा पनि दैनिक परीक्षण भएको प्रालिको दाबी छ । माटो ब्रान्डका तरकारी उपत्यकाकाको भाटभटेनी, बिगमार्टलगायतका स्टोरमा उक्त ब्रान्डका तरकारी बिक्रीमा राखिएको छ । ‘किसानबाट खरिद मूल्य र उपभोक्त मूल्य कृषकलाई पनि जानकारी गराएका छौं,’ गोल्यानले भने, ‘तरकारीमा २० प्रतिशत मात्रै मुनाफा राखिएको छौं ।’

प्रकाशित : भाद्र ९, २०७६ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?