जीएसएमएको 'स्टार्टअप कोलाबोरेसन वर्कसप’

काठमाडौँ — मोबाइल सेवा प्रदायक कम्पनीहरूको छाता संगठन जीएसएमए (जीएसएमए एसोसियसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्टअपहरूका लागि एकदिने ‘स्टार्टअप कोलाबोरेसन वर्कसप’ आयोजना गरेको छ ।

नेपालमा स्टार्ट अप कम्पनीहरू र मोबाइल सेवा प्रदायक कम्पनीहरूका बीचमा सहकार्य सुदृढ पार्न कार्यशाला सञ्चालन गरिएको हो । कार्यशाला स्टार्टअपहरूले कसरी मोबाइल सेवा प्रदायकहरूसँग साझेदारी गर्न सक्छन्, त्यसका लागि आवश्यक उपकरण तथा तयारी के कस्तो हुनुपर्छ भन्नेमा केन्द्रित थियो । यसमा ३० वटा स्टार्टअपका ५० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता थियो ।


प्रकाशित : भाद्र ४, २०७६ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?