साताको सेयर : २ अर्ब २८ करोडको कारोवार

रासस

काठमाडौँ — धितोपत्र बजारमा यस साता कुल १७२ कम्पनीका ७४ लाख ३८ हजार ८४८ कित्ता सेयर २ अर्ब २८ करोड ७३ लाख ८७ हजार ६३६ मूल्यमा खरिद बिक्री भएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर सेयर बजारमा कारोवारमापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो ।

पूँजीगत लाभकर लगायतका विषयमा देखिएको विवादका कारण बजारले लय समात्न नसकेको बताइन्छ । आइतबार कुल १६९ कम्पनीका १४ लाख ६७ हजार ४६४ कित्ता सेयर ४७ करोड ४१ लाख ५१ हजार ७२९ मूल्यमा खरिद बिक्री भए ।

बिहीबारको तुलनामा कारोबार रकम समेत ओरालो लागेको हो । बिहीबार ५९ करोड पाँच लाख ८८ हजार २३९ मूल्यमा खरिदबिक्री भएका थिए । यस्तै सोमबार नेप्से परिसूचक ४.५५ अङ्कले घटेर एक हजार २५५.०९ मा पुगेको छ । परिसूचक घटेसँगै कारोबार रकम पनि खुम्चेको थियो । स्टक एक्स्चेन्जका अनुसार कुल १६७ कम्पनीका १५ लाख पाँच हजार ५०६ कित्ता सेयर ४४ करोड ३२ लाख पाँच हजार ४८१ मा खरिद बिक्री भए ।

यस्तै मङ्गलबार पनि कारोबार मापक नेप्से परिसूचक करिब १० अङ्कले घट्यो । उक्त दिन नेप्से परिसूचक ९.३६ अङ्कले घटेर एक हजार २४५.७३ मा पुग्यो । उक्त दिन कुल १६९ कम्पनीका १४ लाख ४९ हजार ६९७ कित्ता सेयर ५४ करोड सात लाख ५५ हजार १८२ मूल्यमा खरिद बिक्री भए ।

बुधबार नेप्से परिसूचकसामान्य अङ्कले वृद्धि भयो । परिसूचक २.७५ अङ्कले बढेर एक हजार २४८.४८ मा पुगेको छ । परिसूचक बढे पनि कारोबार रकममा भने अपेक्षित सुधार आउन सकेन । कुल १७२ कम्पनीका ११ लाख ३८ हजार ६३९ कित्ता सेयर रु ३६ करोड ८६ लाख ४५ हजार ६६९ मा खरिद बिक्री भए ।

बिहीबार कारोबार मापक नेप्से परिसूचक ९.९२ अङ्कले घटेर एक हजार २३८.५६ पुग्यो । कुल १६६ कम्पनीका १८ लाख ७७ हजार ५४२ कित्ता सेयर ४५ करोड ४६ लाख २९ हजार ५७५ मा खरिदबिक्री भए ।

प्रकाशित : श्रावण २५, २०७६ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्

भाउ उच्च भएपछि बजारमा सुन बेच्ने ग्राहकको घुइँचो

हरिराम उप्रेती

गोरखा — बजारमा सुनको भाउ प्रतितोला ७० हजार नजिक पुगेपछि यहाँ खरिद भन्दा विक्री गर्ने ग्राहक बढेका छन् । एक सातायता यहाँका एउटै पसलमा दैनिक पाँच जना सुन विक्रीका लागि आउने गरेका व्यवसायीहरु बताउँछन् । केहिदिन यता विक्री दर ठप्प बनेको गोरखा हरमटारीका सुनचाँदी व्यवसायी राजु बराइलीलले बताए ।


‘अहिले आधा तोला सुनका गहना विक्री गर्न गाह्रो छ,’ उनले भने। दिनै पिच्छे सुनको भाउ महंगिदा समस्या थपिएको उनले बताए। ‘मुस्किलले एक जना खरिद गर्न आए, चार–पाँच जना विक्री गर्न आउँछन्,’ उनले भने,‘अहिले त ग्राहकको सुन किन्ने पैसा पनि अभाव हुन थालेको छ, विक्री हुँदैन किन्ने मात्र काम भएको छ, ग्राहकलाई एक दुई दिनमा आउनुस भनेर गहना नकिनी फर्काउनुपर्ने अवस्था पनि छ।’

दुई महिना अघि सम्म यहाँका सुनचाँदी व्यवसायी कोटा अनुसारको सुनले ग्राहकलाई पुर्‍याउन नसकेको भन्दै समस्या सुनाउथे। अहिले भएकै सुन विक्री नभएको नवदुर्गा सुनचाँदी पसलका कृष्णबहादुर विश्वकर्मा बताउँछन्। ‘बैंकमा सुन राखेर ऋण लिएकाहरु पनि अहिले सुन झिकेर बेच्न थालेका छन,’ उनले भने, ‘५०–५५ हजारको हाराहारीमा प्रतितोला हुँदा किनेको सुन अहिले ७० हजार पुग्दा ८/१० हजार नाफा हुने देखेर विक्रीमै चासो बढाएका छन्।’

घर बनाउँदा ऋण लागेका भूकम्प पीडितहरु पनि सुन विक्रीका लागि सदरमुकाम आएका उनको भनाइ छ। ‘एउटै व्यक्तिले पाँच–सात तोलासम्म सुन बेचेका छन्,’ उनले भने,‘घर बनाउँदा ऋण लाग्यो, बिरामीको उपचार गर्नुपर्‍यो भन्दै समस्या सुनाएपछि हाम्रै पसलबाट किनेको सुन अहिले हामी आफैँले किन्दैनौ भन्न पनि सकेका छैनौँ।’

प्रकाशित : श्रावण २५, २०७६ १५:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्