२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड, छापावाल सुन तोलाको ७० हजार

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ७० हजार पुगेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔस ११ अमेरिकी डलर बढेर यहाँ भाउ ७० हजार रुपैयाँ पुगेको हो । यस्तै तेजावी सुनको मूल्य ६९ हजार ७ सय पुगेको छ ।

सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड, छापावाल सुन तोलाको ७० हजार

मंगलबार प्रतितोला ६८ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा बुधबार एकदिनै १५ सय रुपैयाँ बढेको थियो । बिहीबार पनि सुनको मूल्यमा ५ सय रुपैयाँ वृद्धी भएको छ । यो मूल्य अर्को रेकर्ड हो।


मंगलबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔस १४ सय ५९ अमेरिकी डलरमा कारोबार भएको थियो। बुधबार बढेर प्रतिऔस १४ सय ८६ अमेरिकी डलर पुगेको थियो भने आज त्यो बढेर १४ सय ९७ डलर ९९ सेन्ट पुगेको छ ।


व्यवसायीका अनुसार न्युर्योक बजारले २०१९ को अन्तसम्म सुन प्रतिऔस १५ सय डलर पुग्ने प्रक्षेपण गरेको छ । यही क्रममा वृद्धि भए एक/दुई दिनमै उक्त मूल्य भेट्ने छ ।


प्रकाशित : श्रावण २३, २०७६ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?