भदौमा केयु रोजगार मेला 

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेण्ट (कुसम) ले भदौ ३ मा आठौं रोजगार मेला आयोजना गर्ने भएको छ । आफ्ना विद्यार्थीहरुलाई रोजागारीमा सहयोग पुर्‍याउने उद्देश्यले मेला आयोजना गर्न लागिएको कुसमले जानकारी दिएको छ । मेला विश्वविद्यालय परिसरमै हुनेछ । 

मेलामा विभिन्न कम्पनी तथा संघसंस्थाको सहभागिता छ । ती कम्पनीले आफुलाई आवश्यक जनशक्तिलाई मेलाबाट बुकिङ गर्न सक्ने छन । मेलामा मुख्य रुपमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, ओयो, सिप्रदी, युनिलिभर, विड म्यानेजमेन्ट, गोर्खा बुर्अरी, पञ्चकन्या, सामसुङलगायत विभिन्न कम्पनीको सहभागिता रहने छ । मेलाबाट कम्पनीले र दक्ष दक्ष जनशक्तिलाई एकै स्थानमा सहभागी गराउने भएकाले दुबै पक्षलाई फाइदा पुग्ने बताइएको छ ।

कुसमबाट बीबीएमा वार्षिक २ सय ४० र एमबीएमा वार्षिक ८० जना विद्यार्थीले अध्ययन पूरा गरी रोजगार बजारमा आउने गरेका छन् ।

प्रकाशित : श्रावण २२, २०७६ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्

नगदसहित ९ जुवाडे पक्राउ

कान्तिपुर संवाददाता

(नवलपरासी) — कावासोतीको एक घरमा जुवा खेल्दै गरेका ९ जना स्थानीयलाई ८७ हजार ७ सय नगदसहित  प्रहरीले पक्राउ गरेको छ । पक्राउ  पर्नेमा  प्रकाश  भण्डारी, घनश्याम भुवाई, कुलबहादुर,  नन्दलाल, ढाकाराम न्यौपाने लगायत छन् ।


सभापति चोकस्थित बुधे तामाङको घरमा छापा मार्दा उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीहरुलाई जुवा ऐन अनुसार कारबाही चलाइने छ।

प्रकाशित : श्रावण २२, २०७६ १९:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्