३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

स्प्रेड परिमार्जनप्रति बैंक असहमत  

यज्ञ बञ्जाडे

काठमाडौँ — राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा कर्जा निक्षेपबीचको ब्याज अन्तर (स्प्रेड) गणना विधि (सुत्र) परिमार्जन गरेकोमा बैंकर्स संघले आपत्ति जनाएको छ । अहिलेकै अवस्थामा नयाँ व्यवस्ता लागू भए बैंकको नाफा करिब २५ प्रतिशतले घट्ने भन्दै संघले विमति जनाएको हो । बुधबार बसेको बैंकर्स संघको बैठकले उक्त निर्णय गरेको हो ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा घोषणा भएको व्यवस्था भन्दै सोमबार स्प्रेड गणना, बैंकास्योरेन्समा बन्देज लगायत विविध विषय कार्यान्वयनका लागि निर्देशन जारी गरेको थियो । सो निर्देशनले बैंकको मुनाफा र व्यवसाय विस्तारमा प्रत्यक्ष असर परेको भन्दै संघले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।


‘परिपत्रमा उल्लेख भएका केही बुँदाहरुले समग्र अर्थतन्त्र तथा बैकिङ क्षेत्रमा दीर्घकालीन रुपमा नकारात्मक असर पार्ने देखिएकाले संघको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ । यसकारण ती बुँदाहरु परिमार्जन गर्न पनि संघले राष्ट्र बैंकलाई आग्रह गरेको छ ।

प्रकाशित : श्रावण २२, २०७६ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?