६५ वर्ष कटेको व्यक्ति वित्तीय संस्थामा सीईओ बन्न नपाउने  

यज्ञ बञ्जाडे

काठमाडौँ — राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) को उमेर हद तोकेको छ । नयाँ व्यवस्था अनुसार ६५ वर्ष कटेका व्यक्ति सीईओ बन्न नपाउने भएका छन् । राष्ट्र बैंकले सोमबार परिपत्रमार्फत यस्तो व्यवस्था गरेको हो ।

बालुवाटारमा बन्ने नेपाल राष्ट्र बैंक ।


‘६५ वर्ष नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी पदमा नियुक्त वा पुनः नियुक्त हुन पाउने छैन,’ निर्देशनमा भनिएको छ, ‘कोही नियुक्त भइसकेको भए चाहिँ ६९ वर्ष पछि प्रमुख कार्यकारीमा बहाल रहन सक्ने छैन।’

यस्तै, ७० वर्ष भन्दा मुनिका व्यक्ति मात्र बैंक तथा वित्तीय संस्थामा सञ्चालक बन्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ। ‘७० वर्ष नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी पदमा नियुक्त वा पुनः नियुक्त हुन योग्य हुने छैन,’ निर्देशनमा भनिएको छ, ‘कोही नियुक्त भइसकेको भए चाहिँ ७४ वर्ष नाघेको व्यक्ति सञ्चालकमा बहाल रहन सक्ने छैन।’

यो व्यवस्था राष्ट्र बैंकले प्रस्तावित बाफियामा गरेको छ। बाफिया अहिले स्वीकृतिको क्रममा छ। त्यसअघि नै राष्ट्र बैंकले निर्देशन मार्फत यो व्यवस्था ल्याएको हो।

यो व्यवस्थाले तत्काल प्राइम बैंकका सीईओ तथा एभरेषट बैंकका अध्यक्षले पद छोड्नुपर्ने छन्।

प्रकाशित : श्रावण २०, २०७६ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्

खेतान समूहको जग्गा कब्जा गर्नेलाई प्रहरीले हटायो

नवीन पौडेल

नवलपुर — पूर्वी नवलपरासीको गैंडाकोट-१७ मा व्यक्तिगत जग्गा कब्जा गरेर बसेका स्थानीयलाई प्रहरीले हटाएको छ । व्यापारिक घराना खेतान समूहको खाली रहेको जग्गामा स्थानीयले खनजोत गरेर टहरो बनाउन लागेका थिए । 


गैंडाकोट नगरपालिका–१७ मा गोर्खा ब्रुअरीका मोहन खेतानको नारायणी नदी किनारमा रहेको ३६ बिगाहा जमिन अहिले बाँझो छ।

खेतीयोग्य जग्गा खाली राख्न नपाइने नियम स्थानीय र केन्द्रीय सरकारले बनाएको भन्दै नगरटाडी , बेल्डीया हर्कपुर क्षेत्रमा करिब एक सय जनाले जग्गा खनजोत गर्न लागेका थिए। ‘व्यक्तिगत जग्गा हडपेर खनजोत गर्न लागेको भन्दै उजुरी परेपछि कब्जा गर्न लागेका स्थानीयलाई प्रहरीले सम्झाई बुझाई हटाएको हो’, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायव उपरीक्षक अर्जुन रानाभाटले भने, ‘आ आफ्नो क्षेत्रफल बाँडेर शनिवार र आइतबार खनजोत र टहरा बनाउन लागेपछि सम्झाएर फिर्ता पठाएका हौँ।’

प्रहरीले स्थानीय जनप्रतिनिधिसहित कब्जा गरेको जग्गामा पुगेर हट्नका लागि आग्रह गरेका थिए। सुरुवातमा चन्द समूहले जग्गा कब्जा गरेको आशंका गरे पनि पछि स्वतः स्फूर्त स्थानीयले वर्षौदेखि खाली जग्गा देखेपछि खनजोत गरेको प्रहरीलाई बताएका थिए।

यो पनि पढ्नुहोस्ः

प्रकाशित : श्रावण २०, २०७६ १७:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्