कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भीसीटीएसका समस्या हेर्न समिति

काठमाडौँ — सरकारले मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस) मा देखिएको व्यावहारिक कठिनाइ सामाधन गर्न समिति गठन भएको छ ।

अर्थमन्त्री युवराज खतिवडा र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा महासंघको प्रतिनिधिसँग भएको छलफलमा समिति गठन गर्ने निर्णय भएको हो । ‘छलफलबाट अर्थ मन्त्रालयका २, महासंघका तर्फबाट ३ र एकजना स्वतन्त्र विज्ञ संलग्न समिति गठन गर्ने निर्णय भएको छ,’ महासंघको विज्ञप्तिमा भनिएको छ, ‘समितिलाई आगामी शुक्रबारसम्मको म्याद दिइएको छ ।


सरकारले आर्थिक वर्ष २०७६ साउन १ गतेदेखि भीसीटीएस प्रणली लागू गरेपछि व्यवसाय सञ्चालन गर्न कठिन हुने भन्दै व्यवसायीहरू विरोधमा उत्रिएका छन् । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री खतिवडा, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र महासंघका अध्यक्ष राणाबीच समेत छलफल भएको थियो ।


प्रधानमन्त्रीले तत्काल समाधान गर्न निर्देशन दिएपछि आइतबार महासंघका प्रतिनिधि र अर्थमन्त्रीबीच छलफल भएको हो । त्यसक्रममा महासंघका अध्यक्ष राणाले मालसामानको विवरण भीसीटीएस, स्थायी लेखा नम्बर, ढुवानीमा भ्याटको विषयलगायतलाई सरकारले तत्काल सम्बोधन गर्न आग्रह गरेकी थिइन ।


अर्थमन्त्री खतिवडाले समिति गठन गरे पनि प्रविधिबाट सरकार पछि नहट्ने बताएका थिए । ‘ऐन नियम कानुन, प्रविधि मुलुक र जनताको हकहितमा ल्याएका छौं । कुनै एउटा क्षेत्र र समुदायले विरोध गर्दैमा फिर्ता हुँदैन,’ अर्थमन्त्रीको भनाइ उद्धृत गर्दै एक सहभागीले भने, ‘व्यावसायिक कठिनाइ समाधान गर्छौं । प्रविधिबाट भाग्न पाइँदैन ।’

प्रकाशित : श्रावण ६, २०७६ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?