कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय वाणिज्य बैंकमा सेवाग्राहीको घुइँचो 

एलपी देवकोटा

जुम्ला — असार मसान्त लागेसँगै जुम्ला खलंगा बजारमा रहको राष्ट्रिय वाणिज्य बैंकमा एक सातादेखि सेवाग्राहीको घुइँचो लागेको छ । जिल्लाका सबै स्थानीय तहको केन्द्रमा प्राइभेट बैंकहरु भए पनि सेवाग्राहीहरु बैंकिङ्ग सेवा लिन खलंगा धाउने गरेका छन् ।

राष्ट्रिय वाणिज्य बैंकमा सेवाग्राहीको घुइँचो 

खलंगामा रहेका आधा दर्जन भन्दा बढी प्राइभेट बैंकहरु भने सुनसान छन् । राष्ट्रिय वाणिज्य बैंकमा सरकारी कारोबारहरु धेरै हुने भएकाले भिडभाड बढेको बैङ्कले जनाएको छ । असार मसान्त लागेपछि विकासे योजनाका भुक्तानी लिन उपभोक्ता समिति, शिक्षा सेवा आयोगको लाइसेन्स परीक्षाको शुल्क बुझाउने विद्यार्थी, जुम्ला बहुमुखी क्याप्सको शुल्क बुझाउने विद्यार्थी र अन्य व्यवसायीहरु बैंकिङ्ग कारोबारका लागि राष्ट्रिय वाणिज्य बैङ्कमा लाइनमा छन् ।


एकै सेवाग्राहीले सेवा लिनका लागि तीनदेखि ४ घण्टासम्म लाइनमा बस्नुपर्ने बाध्यता रहेको छ । एक सातायता बैङ्कमा दैनिक पाँच सय देखि ८ सयसम्म सेवाग्राहीले सेवा लिने गरेका छन् । सेवाग्राहीको भिड बढेर बैंकभित्र छिर्न सक्ने अवस्था नै छैन । जिल्लामा प्राइभेट बैंकहरु भए पनि सरकारी कारोबार राष्ट्रिय वाणिज्य बैङ्कमा हुने भएकाले भिड बढेको हो ।


कर्मचारीहरू बिहानैदेखि राति ९ बजेसम्म काममा खटिदा पनि सेवाग्राहीहरुले छिटो छरितो सेवा भने पाउन सकेका छैनन् । जिल्लामा विद्युतको समस्या, तीव्र गतिको इन्टरनेट नहुँदा कर्मचारी र सेवाग्राहीहरु हैरानमा परेका छन् ।

प्रकाशित : असार ३०, २०७६ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?