२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

परीक्षणबिनै भित्रियो तरकारी

विराटनगर — विराटनगर भन्सार नाकाबाट मंगलबारदेखि विषादी परीक्षणबिनै तरकारी र फलफूल भित्रन थालेको छ । भन्सार विभागले सोमबार बेलुका तरकारी तथा फलफूलको विषादी परीक्षणबिनै जाँच पास गर्न परिपत्र गरेपछि भित्रिन थालेको हो । ‘आज फाटफुट रूपमा तरकारी आयो, हामीले विषादी परीक्षणको प्रमाण पत्र मागेनौं क्वारेन्टाइन भएपछि पास भएका छन्,’ प्रमुख भन्सार अधिकृत मिमांस अधिकारीले भने ।

सरकारले ताजा तरकारी तथा फलफूल पैठारी गर्दा सम्बन्धित भन्सार विन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण अनिर्वाय गर्नुपर्ने नियम राजपत्रमा प्रकाशित गरेसँगै २० दिनदेखि आयात बन्द भएको थियो । केही दिनअघि मात्र मन्त्रिपरिषदको बैठक उक्त निर्णयबाट पछि हटे पनि भन्सार कार्यालयले भने विभागबाट परिपत्र नआएको भन्दै बिनापरीक्षण आयातमा लगाएको रोकलाई सोमबारसम्म यथावत् राखेको थियो ।


भारतबाट विराटनगरको गुद्री बजारमा मात्र दैनिक दुई सय टन तरकारी आउँछ । हरियो तरकारी सीमा नजिक रहेका भारतका कटियार, पूर्णिया, फार्बेसगन्जलगायत क्षेत्रबाट आउने गरेको छ । आलु उत्तरप्रदेश र प्याज नासिकबाट आउँछ । विराटनगर नाकाबाट गत वर्ष सवा २ अर्बभन्दा बढी मूल्यको तरकारी आयात भएको छ । प्रदेश १ का १४ जिल्लामा गत आर्थिक वर्षमा ८२ हजार ४ सय ९२ हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिएको थियो ।

प्रकाशित : असार २५, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?