कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

निजी आवास पुनर्निर्माणमा ८२ प्रतिशत प्रगति

काठमाडौँ — राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएकामध्ये चार लाख ५ सय ९५ घरको पुनर्निर्माण सम्पन्न भएको जानकारी दिएको छ । निजी आवास पुनर्निर्माणका सम्बन्धमा ८२ प्रतिशत उपलब्धि हासिल गरेको प्राधिकरणको वक्तव्यमा छ । उक्त प्रयोजनका लागि अनुदान सम्झौता गरेकामध्ये ५२ प्रतिशतले पुनर्निर्माण सम्पन्न गरेको र ३० प्रतिशतले घर बनाउँदै गरेको प्राधिकरणले जनाएको छ । 

निजी आवास पुनर्निर्माणमा ८२ प्रतिशत प्रगति

संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले २ लाख २८ हजार ८ सय ८५ घर बन्दै गरेको जानकारी दिए । निजी आवास पुनर्निर्माणका लागि हालसम्म ७ लाख ६७ हजार २ सय ४८ लाभग्राहीले अनुदान सम्झौता गरेका छन् । त्यसमध्ये ९९ प्रतिशतले प्रथम किस्ता, ७६ प्रतिशतले दोस्रो किस्ता र ५७ प्रतिशतले तेस्रो किस्ता भुक्तानी लिएको जारी विज्ञप्तिमा छ ।


सरकारले निजी आवास पुनर्निर्माणमा पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा १ लाख ५० हजार तेस्रो किस्तामा १ लाख रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ । ‘निजी आवास पुनर्निर्माणलाई सबैभन्दा महत्त्व दिएर काम गरेका छौं,’ ज्ञवालीले भनेका छन्, ‘शैक्षिक संस्था, स्वास्थ्य संस्था, सम्पदालगायत भूकम्पबाट क्षति भएका संरचनाको पुनर्निर्माणका मूलभूत कार्य पूर्वनिर्धारित समयमा नै सम्पन्न गर्नेछौं ।’


सांसद खिमकुमार विकले पुनर्निर्माणमा भएका उपलब्धिले आशा जगाएको भन्दै भूकम्पपछिको चुनौतीलाई अवसरका रूपमा लिएर काम गरिरहेको बताए । उनले गलत विवरण दिएर कतिपय गुनासो पेस गरिएको भन्दै प्रस्तावहरूलाई अस्वीकार गर्न प्राधिकरणलाई आग्रहसमेत गरे । सांसद रमेशजंग रायमाझीले कतिपय एकीकृत बस्ती गाउँमैत्री नभएको टिप्पणी गर्दै गाईवस्तु पाल्ने ठाउँ नराखिएकामा आलोचना गरे ।


प्रकाशित : जेष्ठ २९, २०७६ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?