नवलपरासी — कान्तिपुर पब्लिकेसन्सको 'रोड सो' टोली शुक्रबार कावासोती आइपुगेको छ । अभियानका क्रममा पूर्वीनवलपरासीको सदरमुकाम कावासोतीका विभिन्न भागमा घरदैलो गरी ग्राहक बनाउनुका साथै 'स्किम'का बारेमा जानकारी गराएको टिमका प्रमुख शंकर न्यौपानले बताए । उनका अनुसार पत्रिकाका ग्राहकहरु उल्लेख बढेको छ ।
टोलीले नगरका पाठक, बिक्रेतासँग अन्तरक्रिया गर्दै सुझावहरु संकलन गरेको छ ।
पाठकले नयाँ पुस्ताका लागि पछिल्ला प्रविधिका विकास र सामाजिक सञ्जालका नयाँ खुराक र जानकारीका बारेमा कान्तिपुरले नियमित समाचार दिनुपर्ने सुझाव दिएको उनले बताए । कावासोतीको एउटै बजारमा बिहीबार र शुक्रबार गरिएको रोड सोमा ४ सय ५० कान्तिपुरका ग्राहक थपिएका छन् । शुक्रबार पुरानो कावासोतीमा आयोजित प्रथम नवलपुर एजुकेशन फेयरमा कान्तिपुर पब्लिकेसन्सले नयाँ ग्राहक बनाउन र ग्राहकका चासोका बारेमा जानकारी लिन/दिन कान्तिपुरको स्टल पनि राखेको छ । स्थानीय एफएमले आयोजना गरेको एजुकेशन फेयरमा २४ वटा स्टल रहेका छन् ।
नवलपरासी — पूर्व–पश्चिम महेन्द्रराजमार्ग अन्तर्गत दुम्कौलीमा बस र ट्रक ठाेक्किँदा २ महिलासहित ३ काे मृत्यु भएकाे छ भने १५ जना घाइते भएका छन् । मृत्यु हुनेमा गैंडाकोट नगरपालिका-६५ वर्षकी कुमारी सुनारी र थर नखुलेकी जमुना रहेको प्रहरीले जनाएको छ । एकजनाको सनाखत भएको छैन ।
घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
उनीहरुको चितवन भरतपुरस्थित पुरानो मेडिकल कलेजमा पुर्याउँदा डाक्टरले मृत्यु भइसकेको घोषणा गरेको प्रहरीको भनाइ छ ।
कम्तीमा १५ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीररहेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ । महेन्द्र राजमार्गको हमाल चोक ना४ख ५२९५ नम्बरको यात्रु बस र एउटा ट्रक ठोक्किँदा दुर्घटना भएको हो । राजमार्गमा ठोक्किएका बस र ट्रक सडकबाट हटाएको छ ।