अर्थमन्त्रीद्वारा आर्थिक सर्वेक्षण पेश- वैदेशिक रोजगारीमा जाने ३५ प्रतिशतले घटे

गरिबी १८.७ प्रतिशत मात्रै
कृष्ण आचार्य

काठमाडौँ — अर्थमन्त्री युवराज खतिवडाले यस वर्षको आर्थिक गतिविधि जनाउने आर्थिक सर्वेक्षण सार्वजनिक गरेका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभामा आर्थिक गतिविधिको संक्षिप्त विवरण सार्वजनिक गर्दै सर्वेक्षण सार्वजनिक गरेका हुन् । संसदमा जनाइए अनुसार यस वर्ष ७ प्रतिशतले आर्थिक वृद्धि हुने छ । 

अर्थमन्त्रीद्वारा आर्थिक सर्वेक्षण पेश- वैदेशिक रोजगारीमा जाने ३५ प्रतिशतले घटे

‘निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्या १८.७ प्रतिशतमा झरेको छ,’ खतिवडाले आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै भने । यस अघि निरपेक्ष गरिबीको रेखामुनी रहेको जनसंख्या २१.६ प्रतिशत रहेको थियो । २.९ प्रतिशत विन्दुले घटेको सर्वेक्षणले जनाएको छ ।


‘वैदेशिक रोजगारीमा जानेको संख्या ३५.९ प्रतिशतले घटेको छ,’ उनले भने । रेमिट्यान्स आप्रवाह २३.४ प्रतिशतले वृद्धि भइ ५ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको उनले बताए ।


‘४.२ प्रतिशत मुद्रार्स्फीति रहने । धेरै दशक यता आन्तरिक बचतले २० प्रतिशत विन्दु नाघेको छ,’ उनले भने । फागुन मसान्तसम्ममा शोधानान्तर स्थीति ५९ अर्ब घाटामा रहेको बताए । ‘यस अवधिमा चालु खाता १ खर्ब ९१ अर्बले घाटामा रहेको कारण विप्रेषण अप्रवाह २३.४ प्रतिशतले वृद्धि भई ५ खर्ब ८२ पुग्दा पनि हाम्रो भुक्तानी सन्तुलनमा केहि चाप परेको छ,’ उनले भने । सार्वजनिक ऋण ९ खर्ब पुगेको उनले बताए ।


प्रकाशित : जेष्ठ १३, २०७६ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?