विदेशी लगानी ५ करोड माथि मात्रै

काठमाडौँ — अब एक विदेशी लगानीकर्ताले कम्तीमा ५ करोड रुपैयाँभन्दा कमको विदेशी लगानी ल्याउन नपाइने व्यवस्था गरिएको छ । मन्त्रिपरिषद् बैठकले विदेशी लगानीका लागि उक्त सीमा तोकेको सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

विदेशी लगानी ५ करोड माथि मात्रै

यसअघि ५० लाख रुपैयाँभन्दा कमको विदेशी लगानी ल्याउन नपाइने व्यवस्था थियो । ‘यो रकम निकै पहिले तोकिएको हो,’ उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहले भने, ‘अहिले ५० लाखमा ससाना उद्योग तथा कम्पनी मात्रै खुल्न सक्छन् । देखिने प्रकृतिको अलि ठूलो विदेशी लगानी आओस् भनेर ५ करोडको सीमा तोकिएको हो ।’


नेपालस्थित स्वदेशी लगानीकर्ता सँगको साझेदारीमा आउनेले पनि विदेशी लगानी अब कम्तीमा ५ करोड रुपैयाँभन्दा बढी रकम ल्याउनुपर्ने हुन्छ । ‘कुनै एक कम्पनी आउन भने उसले ५ करोड नै पुर्‍याउनुपर्छ । दुई कम्पनी आउँछन् भने १० करोड ल्याउनुपर्छ,’ महानिर्देशक सिंहले भने, ‘व्यक्तिका हकमा फनि यही व्यवस्था हो । एक विदेशी व्यक्तिले ५ करोड, दुई व्यत्तिले १० करोड वा हरेक लगानीकर्ताको ५ करोडका दरले विदेशी लगानी ल्याउनुपर्छ ।’ ५/७ जना विदेशी लगानीकर्ता मिलेर ५ करोड रुपैयाँ मात्रै ल्याउन पाइने छैन ।

प्रकाशित : जेष्ठ १०, २०७६ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?