सेयर बजार  नौ अंकले घट्यो

रासस

काठमाडौँ — धितोपत्र बजारमा सोमबार पनि सेयरको मूल्य ओरालो लाग्ने क्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ९.१३ बिन्दुले घटेर एक हजार ३०७.७१ अंकमा झरेको छ । 

यस्तै ठूला कम्पनीको सेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९९ बिन्दुले घटेर २७९.८० मा घटेको छ । स्टकका अनुसार कूल १७२ कम्पनीको ३३ लाख ९८ हजार ६८० कित्ता सेयर रु एक अर्ब २२ करोड पाँच लाख सात हजार ४८५ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका कूल ११ उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै सेयरमा वृद्धि भएको छ । जलविद्युत् १६.५९ र अन्य २.७६ बिन्दुले बढेको छ । त्यस्तै बैंकिङ ७.२७, होटल ४.५८, विकास बैंक २०.३५, वित्त १९.९६, निर्जीवन बीमा ११९.२५, उत्पादन ५२.६९, लघुवित्त १६.८२, जीवन बीमा ८५.४४ र सामूहिक लगानी कोष ०.१९ बिन्दुले घटेको छ ।

शिवम् सिमेन्टको सबैभन्दा बढी मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २५ करोड २१ लाख ६० हजार २९३ मा कारोवार भएको छ । यस्तै नेपाल बैंक लिमिटेड रु २३ करोड २१ लाख ९५ लाख ४९८, हिमालयन डिस्टिलरी रु आठ करोड २९ लाख ५६ लाख ७२१, बुटवल पावर कम्पनी रु चार करोड ४७ लाख सात हजार ५६७ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे । स्टकका अनुसार आज कर्पोरेट डेभलपमेन्ट बैंक ९.९१, मल्टीपर्पोज फाइनान्स कम्पनी ९.७०, सिन्धु विकास बैंक ९.२९, वेस्ट फाइनान्स कम्पनी ९.२८, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले ९.०९ प्रतिशतले कमाएका छन् ।

यस्तै आज पाँचथर पावर कम्पनी ७.७६, मिथिला लघुवित्त वित्तीय संस्था ७.२५, शिवम् सिमेन्ट ५.४०, रिडी हाइड्रो पावर ५.०५, कन्काई विकास बैंकका सेयरधनीले ४.७६ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित : जेष्ठ ६, २०७६ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्

ताजकिस्तानको एक जेलमा ३२ को मृत्यु

एएफपी

डुशान्बे — ताजकिस्तानको एक जेलमा भएको भिडन्तमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ । मारिएकाहरु मध्ये २४ जना इस्लामिक स्टेट्स आतंककारी समूहका सदस्य र तीन जना सुरक्षा गार्ड रहेका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । 

ताजकिस्तानको राजधानी डुशान्बे नजिकै रहेको उक्तकारगारामा आइतबार साँझ आईएस आतंककारी समूहले सुरु गरेको झडपमा पाँच कैदी, तीन गार्ड र २४ जना आईएस आतंककारी मारिएका यहाँको न्याय मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

यस घटनाको अनुसन्धान जारी रहेको बताइएको छ।

प्रकाशित : जेष्ठ ६, २०७६ १५:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्