इलाम र कन्याम बगान पनि खुल्ने

विप्लव भट्टराईं

इलाम — श्रमिक आन्दोलनका कारण डेढ महिनादेखि ठप्प रहेका इलाम र कन्यामका चिया बगान पनि खुल्ने भएका छन् । सरकारले तोेके बमोजिम व्यवस्थापन पक्षले सेवासुविधा दिने प्रतिबद्धता जनाएपछि यी दुई बगान सञ्चालनमा आउने भएका हुन् । 

इलाम र कन्याम बगान पनि खुल्ने

शुक्रबार इलाम र कन्याम बगानका आन्दोलनरत श्रमिकहरुसँग श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र नेपाल चिया विकास निगमका अध्यक्ष सुवास संघाईले संयुक्तरुपमा चिया बगान खुलेको घोषणा गरेका हुन् ।


यसअघि झापालगायत क्षेत्रका बगान र कारखाना खुलेर सञ्चालनमा आएपनि यी दुई बगान बन्द थिए । श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहाल प्रदेश सभाका सदस्य सहित स्थानीय जनप्रतिनिधिसमेत सम्मिलित भेलामा बगान खुल्ने घोषण गरिएपछि श्रमिक उत्साहित भएका छन् । सरकारले स्थायीरुपमा चियाको समस्या समाधान गर्दै रोजगारीको अवसर र विदेशी मुद्रा आर्जनको स्रोत बनाउने मन्त्री बिष्टको भनाई थियो ।


आन्दोलनका कारण इलाम र कन्यामका स्थायी र पार्टटाइम गरी ३ सय श्रमिक समस्यामा थिए । गत वर्षको साउनमा सरकारले चिया श्रमिकको न्यूनतम् पारिश्रमिक मूल्य ३ सय ८५ रुपैयाँ तोकेको थियो । तर अहिलेसम्म पनि दैनिक २ सय ६५ रुपैयाँमा काम गरिरहनु परेको उनीहरुको गुनासो छ । श्रमिकहरुले साउन १ गतेदेखिकै बढेको ज्याला पाउनुपर्ने, दशैं पेश्कीलगायत अन्य सेवा सुविधा पाउनु पर्ने माग राखेका छन् ।


पहाडी बगानमा आम्दानी कम हुने र सरकारले पनि आफूहरुसँग सल्लाह नगरी सेवा सुविधा बढाएकाले थेग्नै नसक्ने अवस्थामा पुगेको निगमको जिम्मा पाएको त्रिवेणी संघाई ग्रुपको भनाई छ । सरकारले पनि व्यवस्थपनलाई बजारिकरण लगायतमा सघाउने भएपछि श्रमिक आन्दोलन टुंग्याउन सहमत भएको निगमका अध्यक्ष सुवास संघाईले बताए ।

प्रकाशित : जेष्ठ ३, २०७६ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?