कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

सेयर भर्न म्याद थप

काठमाडौं — लगानीकर्ताले सान्जेन जलविद्युत् र रसुवागढी हाइड्रोपावरको सेयर (आईपीओ) मा बिहीबारसम्म आवेदन दिन पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले थप दुई दिन म्याद थप गर्न निर्देशन दिएपछि लगानीकर्ताले बिहीबारसम्म आवेदन दिन पाउने भएका हुन् । दुवै कम्पनीले गत शुक्रबार आईएपीओका लागि आवेदन खुला गरेका थिए ।

आइतबार र सोमबार मेरो सेयरमा समस्या आएकाल लगानीकर्ताले सहज रूपमा सेयर भर्न नपाएको गुनासो आएपछि थप दुई दिन म्याद थप्न निर्देशन दिइएको बोर्डका प्रवक्ता निरज गिरीले बताए । ‘मेरो सेयर लगइन नभएकाले सेयर भर्न पाइएन भन्ने गुनासो धेरै आयो,’ उनले भने, ‘सीडीएससँग बुझा पनि त्यो पुष्टि भयो । त्यसपछि थप दुई दिन म्याद थप्न निर्देशन दिएका छौं ।’ लगानीकर्ताको सहजताका लागि उक्त व्यवस्था गरिएको गिरीले बताए । सान्जेन र रसुवागढीको सेयर भर्ने म्याद थप भए पनि एग्रो लघुवित्त वित्तीय संस्था र गणपति लघुवित्त वित्तीय संस्थाका लागि म्याद थप भएको छैन । ती दुई कम्पनीको सेयरमा आवेदन दिने पहिलो चरणको म्याद बुधबार सकिँदै छ ।

मंगलबार साँझसम्ममा सान्जेन जलविद्युत् कम्पनीको सेयरमा १ करोड २१ लाख कित्ताका लागि आवेदन परेको छ । २ लाख ५३ हजार आवेदनमार्फत उक्त सेयरका लागि आवेदन परेको हो । यो कम्पनीले आह्वान गरेभन्दा साढे २ गुणा बढी हो । यस्तै रसुवागढीमा मंगलबारसम्म १ करोड ४७ लाख ११ हजार कित्ताका लागि करिब २ लाख ५० हजार आवेदन परेको छ । यो पनि आहवानभन्दा करिब २ गुणा बढी हो ।

नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार करिब ४ अंकले बढ्यो । अघिल्लो दिनको तुलनामा ३.७४ अंकले बढेर नेप्से १ हजार २ सय ६०.६८ विन्दुमा उक्लिेको हो । परिसूचक बढे पनि कारोबार रकम उल्लेख्य रूपमा घटेको छ । दिनभर अधिकांश समय नेप्से बढिरह्यो ।

प्रकाशित : वैशाख ११, २०७६ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?